विराटनगर। भिजनमेड प्रिपेरेसन हबद्वारा सीइइ मोक टेस्टको २०८३सत्र अन्तर्गत सञ्चालन गरिएको पहिलो मोक टेस्टमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ। संस्थाले विद्यार्थीहरुको अध्ययनप्रति थप उत्साह र प्रेरणा जगाउने उद्देश्यले तीन जना उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई जनही रु. ३,००० का दरले नगद पुरस्कार प्रदान गरेको हो ।
संस्थाका अनुसार नियमित मोक टेस्ट, गुणस्तरीय शिक्षण तथा प्रतिस्पर्धात्मक वातावरणमार्फत विद्यार्थीलाई सीइइ परीक्षाको उत्कृष्ट तयारी गराइँदै आएको छ। पुरस्कार वितरण कार्यक्रममा विद्यार्थीहरुको मेहनत, अनुशासन र निरन्तर अभ्यासले सफलता हासिल गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो। भिजनमेड प्रिपेरेसन हब कोशी प्रदेशमै MBBS, BDS, BSc Nursing, B.Pharmacy, BSc Ag, BMLT लगायतका कार्यक्रमको तयारी कक्षाका लागि परिचित संस्थाको रुपमा स्थापित हुँदै आएको छ। साथै, काठमाडौं उपत्यका बाहिर मेडिकल प्रवेश परीक्षा तयारी गराउने अग्रणी संस्थामध्ये एकको रुपमा भिजनमेडलाई विद्यार्थी तथा अभिभावकहरुले विश्वास गर्दै आएका छन्।संस्थाले आगामी दिनमा पनि विद्यार्थीको मनोबल वृद्धि तथा उत्कृष्ट नतिजाका लागि यस्ता प्रेरणादायी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।