विराटनगर प्रमुख कोइरालाको कार्यकक्षमै स्थानीयसँग चर्काचर्की, सडक जाम गर्ने चेतावनी

<span class='c1'>विराटनगर प्रमुख कोइरालाको कार्यकक्षमै स्थानीयसँग</span> <span class='c2'>चर्काचर्की, सडक जाम गर्ने चेतावनी</span>

सोनु साह
विराटनगर । विराटनगर महानगरपालिका पुष्पलालचौक–तीनपैनी सडकमा खाल्डाखुल्डी भएप्नि त्यसलाई मर्मत गर्ने काम नभएको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् । महानगरले मर्मत गरेको एकवर्ष नबित्दै सडक पुनः खाल्डाखुल्डी भएपछि पूर्वाधार निर्माणमा महानगरको कमजोरकार्यशैलीमाथि प्रश्न उठ्न थालेको हो।

विशेषगरी वडा नं. १ र ३ को बीचमा पर्ने तीनपैनी चौकदेखि पुष्पलालचौकसम्मको कालोपत्रे सडक अहिले खाल्डैखाल्डा भएको छ । महानगरपालिकाको पहलमा करिब एक वर्षअघि मात्रै उक्त सडक मर्मत गरिएको थियो। तर, छोटो समयमै सडक पुनः जर्जर बनेपछि स्थानीयले महानगर नेतृत्वको आलोचना गरेका छन्। स्थानीयवासीका अनुसार सडकको समस्याबारे पटक–पटक वडा अध्यक्षदेखि नगर प्रमुखसम्मलाई जानकारी गराउँदा पनि कुनै ठोस पहल भएको छैन। दैनिक आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिम बढ्दै गएको उनीहरूको गुनासो छ।

स्थानीय शिव भट्टराईले विगत धेरै महिनादेखि सडक मर्मतका लागि स्थानीय सरकारलाई आग्रह गरे पनि बेवास्ता गरिएको बताए। उनका अनुसार सडकको अवस्थाका कारण पटक–पटक दुर्घटना भइरहेको छ । सडककै कारण एकजना व्यक्ति कोमासम्म पुगेको दावी छ । “यस्ता घटना हुँदा पनि महानगर टुलुटुलु हेरेर बसेको छ,” उनले भने, “यदि यस्तै गैरजिम्मेवार व्यवहार भइरह्यो भने हामी सडक बन्द गर्न बाध्य हुन्छौँ।”

त्यस्तै स्थानीय युवराज ढकालले वर्षायाम सुरु भइसकेकाले सडकमा सवारी चिप्लिने र दुर्घटना बढ्ने जोखिम रहेको बताए। समयमै खाल्डा पुर्न नसक्नु महानगरको कमजोर कार्यशैली भएको उनको आरोप छ । सडक समस्याबारे ध्यानाकर्षण गराउन स्थानीयवासी नगर प्रमुख नागेश कोइरालासँग भेट गर्न पुगेका थिए। तर भेटपछि पनि ठोस आश्वासन नपाएको भन्दै उनीहरू निराश बनेका छन्।
यता नगर प्रमुख नागेश कोइरालाले निर्माण सामग्रीको मूल्य अत्याधिक बढेका कारण समस्या भएको बताएका छन्। उनका अनुसार सरकारले तोकेको दररेटभन्दा बढीमा सामग्री खरिद गर्न नसकिने अवस्था छ, महँगीका कारण ठेकेदार कम्पनीहरूले ठेक्का लिन नमान्दा मर्मत कार्य प्रभावित भएको हो।

महानगरपालिकाको भौतिक पूर्वाधार महाशाखाका इन्जिनियर सुजन श्रेष्ठका अनुसार यसअघि पनि सडक मर्मत गरिएको भए पनि ओभरलोड गाडी सञ्चालनका कारण सडक चाँडै बिग्रिएको हो। उनले निर्माण सामग्रीको मूल्यवृद्धिका कारण पटक–पटक ठेक्का आह्वान गर्दा पनि आवेदन नपरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्