क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव ल्याउन सरकारसँग राईको आग्रह

<span class='c1'>क्रोएसियामा ज्यान गुमाएका नेपालीको शव</span> <span class='c2'>ल्याउन सरकारसँग राईको आग्रह</span>

काठमाडौं । नेपाली कांग्रेसका सांसद् निश्कल राईले क्रोएसियामा सडक दुर्घटनामा ज्यान गुमाएका दुई नेपालीको शव २३ दिन बितिसक्दा पनि नेपाल ल्याउन नसकिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली सांसद राईले मे ६ मा क्रोएसियामा भएको सडक दुर्घटनामा इलामको सन्दकपुर गाउँपालिका–१ निवासी उमेशकुमार फागो र नुवाकोटका देव गुरुङको निधन भएको जानकारी दिए । उनले घटना भएको लामो समय बितिसक्दा पनि शव नेपाल ल्याउन नसकिएको उल्लेख गर्दै यसलाई कूटनीतिक असफलताको उदाहरणका रूपमा टिप्पणी गरे । राईका अनुसार उक्त विषय अस्ट्रेलियास्थित नेपाली दूतावासले हेर्दै आएको छ । उनले भने, ‘मे ६ तारिखका दिन क्रोएसियामा सडक दुर्घटनामा परि इलाम सन्दकपुर गाउँपालिका १ निवासी उमेशकुमार फागो र नुवाकोट जिल्लाका देव गुरुङको दुखदः निधन भएको छ । विडम्बना उक्त घटना भएको २३ दिन बितिसक्दा पनि शव नेपाल ल्याउन सकिएको छैन । यसको कारण हाम्रो कुटनीतिक असफलता देखियो ।’

पीडित परिवारले सबै आवश्यक कागजी प्रक्रिया पूरा गरिसक्दा पनि दूतावासबाट आवश्यक सहजीकरण नभएको गुनासो आएको उनले बताए । उनले भने, ‘उक्त विषय अस्ट्रेलियामा रहेको दूतावासले हेर्दो रहेछ । पीडामा रहेको परिवारले दिएको जानकारी अनुसार शव नेपाल झिकाउन आवश्यक कागज प्रक्रिया यताबाट सबै गरिसक्दा पनि दूतावासले आवश्यक सहजीकरण गरिदिएको छैन । त्यसैले सरकारले पीडित माथि थप पीडा थप्नु भन्दा पनि आवश्यक सहजीकरण गरेर शव स्वदेश ल्याउने प्रवन्द्ध तुरुन्त गरिदियोस् ।’ सांसद राईले सरकारले पीडित परिवारमाथि थप पीडा नथपी आवश्यक समन्वय र सहजीकरण गरेर शव तत्काल स्वदेश ल्याउने व्यवस्था गर्न माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्