रंगेलीका किसानका दुःख : खेतको तरकारीमा प्रहरीको छामछुम–भारतबाट भित्रनेमा सामसुम

<span class='c1'>रंगेलीका किसानका दुःख : खेतको</span> <span class='c2'>तरकारीमा प्रहरीको छामछुम–भारतबाट भित्रनेमा सामसुम</span>

रबिन्द्र बराल
विराटनगर । मोरङको रंगेली नगरपालिका–७ का किसानले पुस्तौदेखि तरकारी खेती गर्दै आएका छन् । उनीहरुले आफ्नो खेतमा तरकारी रोपेरै दैनिक आयआर्जन पुरा गर्ने सपना बोकेका हुन्छन् । दैनिक खेतमा तरकारीसँगै जीवन बिताएर उनीहरुको जीवन गुज्रने गरेको छ । खेतमा करेला, भिण्डी, टमाटर, परबल, बोडी र हरियो सागसब्जीको रमिता लगाएका छन् ।
तर, स्थानीय बजारमा बढ्दो चहलपहलसँगै यहाँका किसानले कृषिलाई पेसा बनाइरहेको भएपनि भारतीय तरकारी खिच्दा उनीहरुको मन खुशी भने छैन । रामनरेश महतोका अनुसार आफ्नै जमिन, आफ्नै मेहनतले उत्पादन गरेका बेमौसमी र मौसमी तरकारी बिक्री गर्ने बेलामा जथाभावी दुःख झेल्नु परेको छ ।

कृषिलाई पेसा बनाएर आजआर्जनमा जुटेका रामनरेश जस्तै कमलेश्वर र रबिन्द्रहरुको दैनिकी पनि उस्तै छ । तरकारी लगाउने, उत्पादन गर्ने र जीविकोपार्जनको स्रोत जुटाउने । तर, आफ्नै पौरखले उत्पादन गरेको तरकारीले स्थानीयस्तरमा बजार पाउन नसक्दा उनीहरुको मन खिन्न पनि छ । भारतसँग खुल्ला सीमा भएका कारण त्यहाँका व्यापारी समेत स्थानीय बजारसम्म तरकारी ल्याएर बिक्री गरेको उनीहरुको दावी छ । त्यसका लागि सीमा क्षेत्रबाट आउने तरकारी नियन्त्रणको प्रयास कमजोर रहेको छ ।
सीमाबाट तस्करी भएर आउने तरकारीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सामसुम बनाउने गरेको आरोप किसानले लगाउने गर्दछन् । यहि भएर स्थानीय बजारमा भारतीय तरकारीको जगजगी हुने गरेको हो । रामनरेशका अनुसार तरकारी मूल्य किसानका लागि पन्ध्रवर्ष अगाडीकै हाराहारीमा छ । किसानले उत्पादन गरेको तरकारी बजारमा आफैं खुद्रा बिक्री गर्न लैजाँदा धेरै समस्या झेल्नुपर्ने स्थिति छ । जुन स्थिति पार गरेर घर फर्कदा व्यापारीलाई बारीबाटै बिक्री गर्नु सरह नै हुन्छ । कारण हो, बाटोमा प्रहरीले खेतको तरकारीलाई पत्याउँदैन अनि भारतबाट ल्याएको भनेर आरोप लगाईदिन्छ । केरकार गरेरै हैरान मात्रै दिदैंन, बिक्री गर्ने स्थानसम्म पु¥याउनु अगावै घाटा सहनुपर्ने बाध्यता आउने आरोप छ ।

मल, बीउ, मजदुरी र ढुवानीको खर्च बढ्दै गएपनि किसानले राम्रो मूल्य नपाएको उनीहरुको गुनासो छ । त्यस बाहेक भारतबाट आउने तरकारी रोक्ने प्रयास कमजोर भएकोप्रति उनीहरु चिन्चित छन् । भारतमा मल, बीउ, सिंचाईको पर्याप्त सुविधा पाएर उत्पादन भएको तरकारी सहजै नेपाल प्रवेश गर्ने गरेपछि उनीहरु बजारमा सस्तो तरकारीको खिचाईमा पर्ने गरेका हुन् । त्यसमा पनि तस्करी गरेर नेपाल भित्र्याउने यस्तो तरकारी अहिले नेपालका अधिकांश बजारका स्थानीय उत्पादन हुने गरेको बताइन्छ ।
अर्का किसान रबिन्द्र महतोको पनि गुनासो उस्तै छ । रतुवामाईको आमबारी, त्यसपछि उर्लाबारीको उर्लाबारी, इटहरा बजारसम्म पु¥याउँदा बाटोमा प्रहरीले बारम्बार चेकजाँच गर्ने गरेको छ । तर, त्यहि प्रहरीले भारतबाट तरकारी ल्याउने व्यापारीका हकमा भने सामसुम पार्ने काम गर्ने गरेको आरोप छ । प्रहरीले आफ्नै खेतको तरकारी बोकेर हिड्ने किसानलाई नै भारतीय तरकारी ल्याएको भनेर अनावश्यक दुःख दिने गरेको रबिन्द्रको भनाई छ ।

किसानले आफ्नो तरकारी बिक्री गर्न झेल्नुपरेको दुःख अन्त्य गर्न स्थानीय उत्पादन भनेर कुनै संकेत स्थानीय सरकारले लगाईदिनुपर्ने बताए । खेतबाटै टिपेर बिक्री गर्ने तरकारी पनि भारतको भनेर दुःख पाउने दिनको अन्त्य खोजिरहेको उनीहरु बताउँछन् । किसानले आफ्ना दुःखमा भारतीय तरकारी मिसावट भइरहेको समेत आरोप लगाएका छन् । उहि व्यापारीले नेपालको तरकारी र भारतबाट आउने तरकारी खरिद गरेर बजारबजारमा पठाउने गरेको उनीहरुको भनाई छ । यसरी व्यापारीको एकाधिकार स्थानीय बजारमा हुँदा कृषकले बाटोमा प्रहरी झेल्नु परेको कृषकको बुझाई छ ।
कृषकले रंगेली नगरपालिकाले किसानका लागि करोडौं लगानी गरेपनि उत्पादन भएको तरकारी बजारीकरणमा स्थानीय पहिचान दिलाउन मेहनत नगरेको बताएका छन् । रंगेली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप कुमार साहका अनुसार किसानका उत्पादन सुरक्षित गर्नकै लागि कोल्ड स्टोर निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ । यो बनिरहेको कोल्डस्टोर नेपालमै नयाँ र नमूना रहेको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्