विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कोशी प्रदेश कमिटीको दशौँ पूर्ण बैठक आज कञ्चनजङ्घा पार्टी प्यालेस मा सुरु भएको छ। प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाको अध्यक्षतामा आयोजित बैठकमा पार्टी सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राई प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्छ। त्यसैगरी पार्टी सचिव हिक्मत कुमार कार्की विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्छ।

बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू जीवन घिमिरे, परशुराम बस्नेत, जगदीश कुसियैत, ऋषिकेश पोखरेल, राम राणा तथा यज्ञ सुनुवार लगायत नेताहरूको आतिथ्यता रहेको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, संगठनात्मक गतिविधि, आगामी कार्यक्रम तथा पार्टीको प्रदेशस्तरीय रणनीतिका विषयमा छलफल हुने पार्टीका केन्द्रीय सदस्यहरू परशुराम बस्नेतले जानकारी दिए ।
