डीपीएस स्कुल विराटनगरमा विद्यार्थी परिषद् पदस्थापन समारोह सम्पन्न

<span class='c1'>डीपीएस स्कुल विराटनगरमा विद्यार्थी</span> <span class='c2'>परिषद् पदस्थापन समारोह सम्पन्न</span>

विराटनगर । दिल्ली पब्लिक स्कुल विराटनगरमा शैक्षिक सत्र २०२६–२७ का लागि नवनिर्वाचित विद्यार्थी परिषद्का पदाधिकारी तथा सदस्यहरूको पदस्थापन (इन्भेस्टिचर) समारोह भव्य रूपमा सम्पन्न भएको छ।


विद्यालयमा आयोजित समारोहमा नवनिर्वाचित विद्यार्थी नेताहरूलाई औपचारिक रूपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो। विद्यालयले विद्यार्थी नेतृत्व विकास, अनुशासन तथा जिम्मेवारी बोधलाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको जनाएको छ।

समारोहमा विद्यार्थी परिषद्का अध्यक्षदेखि सदस्यसम्म सबै पदाधिकारीले विद्यालय र समग्र सिकाइ समुदायको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको थियो। कार्यक्रममा विद्यार्थी नेताहरूलाई टाइ, ब्याज, स्यास तथा प्रमाणपत्र प्रदान गर्दै उनीहरूलाई आगामी कार्यकालका लागि शुभकामना दिइएको थियो।


कार्यक्रमका प्रमुख अतिथि जिल्ला टाफिक कार्यलायका प्रमुख सन्तोष न्यौपानेले विद्यार्थीहरूलाई नेतृत्व, जिम्मेवारी र सेवाभाव सम्बन्धी प्रेरणादायी मन्तव्य दिएका थिए। उनले असल नेतृत्वले विद्यालय मात्र नभई समाजलाई समेत सकारात्मक दिशा दिन सक्ने उल्लेख गरे।


विद्यालय प्रशासनले नवगठित विद्यार्थी परिषद्ले इमान्दारिता, समर्पण र उत्कृष्टताका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्दै विद्यार्थी तथा विद्यालय समुदायको हितमा काम गर्ने विश्वास व्यक्त गरेको छ।


समारोहले विद्यालयमा नयाँ नेतृत्वको सुरुवातसँगै विद्यार्थीहरूमा जिम्मेवारी, अनुशासन र नेतृत्व क्षमताको विकास गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्