जैविक विविधता : एक परिचय

<span class='c1'>जैविक विविधता :</span> <span class='c2'>एक परिचय</span>

आज Jun 5 अर्थात विश्व वातावरण दिवस, विश्व वातावरण दिवस २०२६ को आधिकारिक विश्वव्यापी अभियान नारा  Now For Climate जसलाई संयुक्त राष्ट्रसंघको मूल विषयवस्तु Inspired by Nature. For Climate. For Our Future. ले मार्गदर्शन गर्दछ ।

यस वर्षको अभियानले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न, पारिस्थितिक प्रणालीहरूको संरक्षण तथा सुदृढीकरण गर्न, र दिगो वातावरणीय अभ्यासहरूलाई जीवनका सबै क्षेत्रमा अपनाउन विश्व समुदायलाई तत्काल र प्रभावकारी कदम चाल्न आह्वान गर्दछ । प्रकृतिसँगको हाम्रो सम्बन्धलाई अझ बलियो बनाउँदै, वर्तमान र भावी पुस्ताको सुरक्षित तथा समृद्ध भविष्य सुनिश्चित गर्न सामूहिक प्रयासको आवश्यकता यस अभियानले उजागर गर्दछ । यसको मुख्य उद्देश्य जलवायु परिवर्तनको असर कम गर्ने, बिग्रिएको भूमि पुनर्स्थापना गर्ने, मरुभूमीकरण रोक्ने र खडेरीसँग जुध्ने क्षमता बढाउने हो ।

सरल भाषामा भन्नुपर्दा, यो दिवसले हामीलाई प्रकृति, वन, माटो, पानी र वातावरणको संरक्षण गरेर भविष्यका पुस्ताका लागि स्वस्थ र सुरक्षित पृथ्वी बनाउने सन्देश दिन्छ। । हरेक व्यक्तिले रुख रोप्ने, प्राकृतिक स्रोतहरूको जिम्मेवारीपूर्वक प्रयोग गर्ने र प्रदूषण घटाउने जस्ता साना कदमबाट पनि वातावरण संरक्षणमा योगदान गर्न सक्छ । प्रतिएकाइ क्षेत्रमा रहेका जीवित जीव, वनस्पति, सूक्ष्मजीव, वंशाणुगत गुण तथा तिनीहरूबीचको पारिस्थितिकीय अन्तरसम्बन्धलाई जैविक विविधता भनिन्छ । पृथ्वीमा पाइने जीवजन्तु, वनस्पति तथा मानवबीचको सहअस्तित्व र अन्तरनिर्भरताले जैविक विविधतालाई अझ महत्त्वपूर्ण बनाएको छ ।

जैविक विविधता महासन्धि १९९२ को धारा २ अनुसार पृथ्वीको जल, स्थल र आकाशमा जीवनयापन गर्ने सम्पूर्ण जीवजन्तु, वनस्पति तथा तिनीहरूबीचको अन्तरसम्बन्धमा रहेको विविधतालाई जैविक विविधता भनिन्छ । वातावरण संरक्षण ऐन २०५३ अनुसार पारिस्थितिकीय प्रणालीको विविधता, प्रजातीय विविधता तथा वंशाणुगत विविधतालाई जैविक विविधता अन्तर्गत समावेश गरिएको छ । जैविक विविधता शब्दको पहिलो प्रयोग इ. ओ. विल्सनले गरेका हुन् र यसको प्रचलन सन् १९८० को दशकबाट सुरु भएको मानिन्छ ।
जैविक विविधताका किसिम
१) प्रजातीय विविधता
एकआपसमा प्रजनन गर्न सक्षम जीवहरूको समूहलाई प्रजाति भनिन्छ। । विभिन्न प्रजातिहरूको अनेकता तथा तिनीहरूबीचको अन्तरसम्बन्धलाई प्रजातीय विविधता भनिन्छ । मानिस, चराचुरुङ्गी, वनस्पति तथा अन्य सम्पूर्ण जीवजन्तु यसअन्तर्गत पर्दछन् । नेपालको हिमाल, पहाड र तराई क्षेत्रमा पाइने मानिस, वनस्पति तथा जीवजन्तुमा देखिने भिन्नता प्रजातीय विविधताको उदाहरण हो। हिमाली क्षेत्रमा बसोबास गर्ने मानिस र तराईमा बस्ने मानिसबीचको खानपान, रहनसहन तथा शारीरिक स्वरूपमा देखिने फरक पनि यसकै उदाहरण हुन् ।
२) वंशाणुगत (आनुवंशिक) विविधता
एउटै प्रजातिभित्र पाइने फरक–फरक गुण तथा विशेषतालाई वंशाणुगत विविधता भनिन्छ । यो विविधता डी.एन.ए. को कारणले उत्पन्न हुन्छ र पुर्ख्यौली गुणहरू पुस्तान्तरण हुँदै जाने गर्छन् । उदाहरणका रूपमा हिमाली क्षेत्रमा बस्ने मानिस तथा जनावरहरूमा चिसो सहने क्षमता बढी हुनु र तराईका मानिस तथा जीवजन्तुमा तातो सहने क्षमता हुनु आनुवंशिक विविधताको परिणाम हो ।
३) पारिस्थितिकीय प्रणालीको विविधता
जीवजन्तु तथा वनस्पतिहरू आफ्नो वातावरण, हावापानी तथा अनुकूलता अनुसार फरक–फरक स्थानमा बसोबास गर्ने अवस्थालाई पारिस्थितिकीय प्रणालीको विविधता भनिन्छ । हिमालमा पाइने वनस्पति, पहाडमा पाइने रुखबिरुवा तथा तराईका वनस्पतिमा देखिने फरक पारिस्थितिकीय विविधताको उदाहरण हो । नेपालका वन, घाँसे मैदान, सिमसार क्षेत्र तथा हिमाली क्षेत्रहरू फरक–फरक पारिस्थितिकीय प्रणालीका उदाहरण हुन् ।

जैविक विविधताको महत्त्व
जैविक विविधता हाम्रो दैनिक जीवनसँग प्रत्यक्ष रूपमा सम्बन्धित छ । हामीले खाने अन्न, फलफूल, तरकारी, औषधि, कपडा तथा घर निर्माणका सामग्रीहरू प्रकृतिबाट प्राप्त हुन्छन् । मौरी, पुतली तथा चराहरूजस्ता परागसेचक जीवहरूले कृषि उत्पादनमा ठूलो योगदान पुर्‍याउँछन् । वन, सिमसार क्षेत्र तथा घाँसे मैदानहरूले कार्बन डाइअक्साइड सोस्ने काम गरी जलवायु परिवर्तनको असर कम गर्न मद्दत गर्छन् । नेपालमा कोशी टप्पुजस्ता सिमसार क्षेत्रहरूले बाढी नियन्त्रण गर्न सहयोग गर्छन् भने चुरे तथा हिमाली क्षेत्रका वनहरूले भूक्षय र पहिरो रोक्न मद्दत गर्छन् ।

जैविक विविधतामा देखिएका चुनौतीहरू
हाल जैविक विविधता विभिन्न कारणले संकटमा परेको छ। । अवैध वन्यजन्तु व्यापार, वन विनाश, मिचाहा प्रजाति तथा जलवायु परिवर्तनका कारण धेरै जीवजन्तु तथा वनस्पति लोप हुने अवस्थामा पुगेका छन् । नेपालमा एकसिंगे गैँडा तथा बंगाल बाघको चोरी–सिकारी हुने गरेको छ । “हरियो क्यान्सर” भनेर चिनिने मिकानिया माइक्रान्था नामक मिचाहा वनस्पतिले राष्ट्रिय निकुञ्जका वनस्पतिलाईनोक्सान पुर्‍याइरहेको छ । जलवायु परिवर्तनका कारण हिमालयका हिमनदी पग्लिरहेका छन् र धेरै चराचुरुङ्गीहरू उच्च स्थानतर्फ बसाइँसराइ गर्न थालेका छन् ।

निष्कर्ष 
जैविक विविधता वातावरणीय सन्तुलन कायम राख्ने महत्वपूर्ण आधार हो । मानव जीवन, कृषि, अर्थतन्त्र तथा प्राकृतिक प्रणालीहरू जैविक विविधतामाथि निर्भर छन् । त्यसैले वन संरक्षण, वन्यजन्तुको सुरक्षा, प्रदूषण नियन्त्रण तथा जनचेतना अभिवृद्धि गरी जैविक विविधताको संरक्षण गर्नु आजको प्रमुख आवश्यकता हो । जैविक विविधताको सही संरक्षण र सदुपयोगबाट जलवायु परिवर्तन, तापक्रम वृद्धि तथा वातावरणीय समस्याहरूलाई न्यूनीकरण गर्दै दिगो विकासतर्फ अघि बढ्न सकिन्छ । यसका लागी सम्वद सवै निकाय एक भई कार्य गर्न आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्