विराटनगरका खाल्डाखुल्डी छिचोल्दै आएका मन्त्री, नागरिकको घेराउमा

<span class='c1'>विराटनगरका खाल्डाखुल्डी छिचोल्दै आएका</span> <span class='c2'>मन्त्री, नागरिकको घेराउमा</span>

सोनु साह
विराटनगर । विराटनगरको तीनपैनीदेखि पुष्पलाल चोकसम्मको सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहेर पनि मर्मत नहुँदा आक्रोशित स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। सडकको दयनीय अवस्थाप्रति सम्बन्धित निकायले बेवास्ता गरेको आरोप लगाउँदै स्थानीयले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली सवार गाडीसमेत घेराउ गरेका हुन्।

विराटनगर महानगरपालिका वडा नं. १ र वडा नं. ३ को सीमाक्षेत्रमा पर्ने उक्त सडक खाल्डाखुल्डीले भरिएको छ। दैनिक सयौं सवारीसाधन आवतजावत गर्ने सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा दुर्घटनाको जोखिमसमेत बढेको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार मन्त्री पराजुली पनि सोही सडक हुँदै दैनिकजसो आवतजावत गर्ने भए पनि सडक मर्मतका लागि कुनै पहल नभएको भन्दै विरोधस्वरूप उनको गाडी घेराउ गरिएको हो। स्थानीयवासीले सडकको समस्या पटक–पटक सम्बन्धित निकायसमक्ष उठाए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।


“यो सडक वर्षौंदेखि जीर्ण छ। खाल्डाखुल्डीका कारण दैनिक दुर्घटना भइरहेका छन्। मन्त्री, जनप्रतिनिधि र उच्च पदस्थ अधिकारीहरू यही बाटो प्रयोग गर्छन्, तर समस्या समाधानमा कसैले चासो दिएका छैनन्,” एक स्थानीयले भने।

पुष्पलाल चोक आसपासमा प्रदेश सरकारका मन्त्रीहरूको सरकारी निवास (क्वार्टर) रहेको छ भने पुष्पलाल चोक–मानगढ सडक खण्डमा प्रदेश प्रमुखको निवाससमेत रहेको छ। यति महत्त्वपूर्ण क्षेत्रको सडक जीर्ण हुँदा पनि सम्बन्धित निकायले बेवास्ता गरेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्।


स्थानीयका अनुसार सडक मर्मत र खाल्डाखुल्डी पुर्न बारम्बार माग गर्दा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको हो। सामान्य मर्मत र खाल्डो पुर्ने कामसमेत सरकारले गर्न नसक्नु दुःखद र लाजमर्दो विषय भएको उनीहरूको भनाइ छ।

स्थानीयले सडकको तत्काल मर्मत, ओभरलोड सवारीसाधनको नियन्त्रण तथा दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्