विराटनगरको इडेनवर्ग कलेजका नयाँ विद्यार्थीलाई स्वागत, पुरानाको बिदाइ

<span class='c1'>विराटनगरको इडेनवर्ग कलेजका नयाँ</span> <span class='c2'>विद्यार्थीलाई स्वागत, पुरानाको बिदाइ</span>

विराटनगर । विराटनगरमा रहेको इडेनवर्ग कलेजले विद्यार्थीहरूका लागि बिदाइ तथा स्वागत कार्यक्रम आयोजना गरेको छ । शनिबार विराटनगको सिटी प्यालेसमा आयोजित एक विशेष समारोहका बीच बीबीएस र बीएड संकायका विद्यार्थीहरूलाई बिदाइ तथा स्वागत गरिएको हो ।
क्याम्पस प्रमुख डिके साहका अनुसार कार्यक्रममा छैटौँ ब्याचका १०६ जना विद्यार्थीलाई बिदाइ गरियो भने सोही संकायको नवौँ ब्याचमा अध्ययनरत ४६४ जना नयाँ विद्यार्थीलाई स्वागत गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका निर्देशक भुवन नेपालले कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै दक्ष र स्वरोजगार जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताए । उनले बिदाइ भएर जाने विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना दिँदै नयाँ विद्यार्थीहरूलाई लगनशील भएर अध्ययन गर्न सुझाव दिए । त्यस्तै, क्याम्पस प्रमुख डिके साहले इडेनवर्ग कलेजले विद्यार्थीहरूलाई जहिले पनि सीप र संस्कारसहितको शिक्षा दिएर अगाडि बढाएको उल्लेख गरे ।

समारोहमा ‘डान्सिङ स्टार’ प्रतियोगिता समेत आयोजना गरिएको थियो । सोही अवसरमा पत्रकार प्रेम देवानले आफ्ना स्वर्गीय बुबा कृष्ण देवानको सम्झनामा स्थापित ‘कृष्ण देवान स्मृति पुरस्कार’ प्रदान गरेका थिए । २०८० सालबाट स्थापित पुरस्कारबाट यसपटक यस बर्षका उत्कष्ट विद्यार्थी चिना रायलाई प्रदान गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न आकर्षक सांस्कृतिक नृत्यहरू प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन दिलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्