विराटनगर । विराटनगरस्थित जैन भवनमा हिजो साँझ हुने भनिएको “भजन क्लब्बिङ कन्सर्ट” प्राविधीक कारण स्थगित भएको कार्यक्रम केहीबेर अघि सुरु भएको छ ।

कार्यक्रमको उद्धघाटन मोरङ्गका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, विश्व हिन्दु परिषद नेपालको राष्ट्रिय संगठन सचिव प्रलाद कुमार रेग्मी , विश्व हिन्दु परिषद कोशी प्रदेश अध्यक्ष देवेन्द्र गुप्ता ह्यासट्याग ईभेण्टका दिपक अग्रवाल लगायतले गरेका थिए । कार्यक्रममा भारतीय चर्चित भजन गायक गजेन्द्र प्रताप सिंहको विशेष प्रस्तुतिसँगै यहाँका धार्मिक संघ सस्थाका कलाकार र स्थानिय व्याण्डहरुका प्रस्तुति भईरहेको छ । कार्यक्रम हेर्नको लागि विराटनगर लगायत जोगवनीदेखी समेत दर्शकहरुको उपस्थिती रहेको आयोजकले जनाएको छ ।

हिजो खराब मौसमका कारण भारतबाट आउने भनिएका चर्चित भजन गायक गजेन्द्र प्रताप सिंहको उडान प्रभावित भएपछि कार्यक्रम स्थगित भएको थियो । आयोजक संस्था ह्यासट्याग इभेन्टले विश्व हिन्दु परिषद् नेपाल को सहकार्यमा जेठ ३० गते शनिबारका दिन कार्यक्रम गर्ने तय गरेको थियो ।

्आयोजकका अनुसार “भजन क्लब्बिङ कन्सर्ट” को मुख्य उद्देश्य नसामुक्त युवा समाज निर्माण अभियानलाई सहयोग गर्नु रहेको छ । कार्यक्रम मार्फत मोरङ जिल्लामा बालसंस्कार केन्द्र तथा ट्युसन सेन्टर सञ्चालनका लागि आर्थिक कोष संकलन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
