विर्तामोडको सरसफाई अभियान ५० औं हप्तामा

<span class='c1'>विर्तामोडको सरसफाई अभियान</span> <span class='c2'>५० औं हप्तामा</span>

विर्तामोड÷व्यवसायीको सहयोग विना विर्तामोडको सरसफाई अभियान आजदेखि ५० औं हप्ता पुग्दैछ ।
पूर्वको व्यापारिक केन्द्र विर्तामोडलाई सुन्दर बनाउने अभियानमा यहाँका स्थानीयवासी र व्यापारीले पूर्ण रुपमा असहयोग गरेका ेअभियान्ताले गुनासो गरेका हुन् । २०७३ जेठ ८ गते बुद्धजयन्तीको अवसर पारेर शुरुआत गरिएको अभियान ५० औं हप्तामा पुगेको हो । विवेकशीलले अभियानको शुरुवात गरेको थियो । १५÷२० युवाले शुरुवात गरेको अभियानलाई क्रमशः यस क्षेत्रमा रहेका युवा संघसंस्थाले साथ दिँदै आएका थिए । फोहोरले कुरुप बनेको विर्तामोडलाई सुन्दर बनाउने अभियान निःस्वार्थ थियो । हरेक शनिबार गरिने सरसफाईले विर्तामोडमा सुन्दर बनाउने मात्र नभई मानसिक रुपमा चेतना पनि दिने सोच बनाइएको अभियान्ता बताउँछन् ।
विर्तामोडको सरसफाई गर्ने प्रमुख दायित्व विर्तामोड नगरपालिकाको हो । नगरपालिकाले सरसफाईका लागि गरेको प्रयासप्रति कसैले चित्त बुझाउन सकेका छैनन् । फोहोर व्यवस्थापन गर्न डम्पिङ साइडको अभाव देखाउँदै नगरपालिका पन्छिने गरेको अधिकांश अभियान्ताको आरोप छ । अभियान्ता सरोज सत्यालका अनुसार फोहोर व्यवस्थापन सधैं सम्भव छैन । यो राज्यको दायित्व हो । राज्यलाई घचघचाउन अभियान शुरुआत गरिएको थियो ।
मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्र मात्र नभई प्रमुख मार्ग पनि भएकाले यहाँका धेरै देशका नागरिक आवतजावत गर्ने गर्छन् । विर्तामोडलाई स्वच्छ र सुन्दर बनाउने संकल्प बोकेपनि अभियान्ताको मन मर्नेगरी व्यवसायीले हर्कत देखाउँदै आएका छन् । एक व्यवसायी भन्छन्–‘कर राज्यलाई बुझाउँछौं, सरसफाई राज्यले नै गर्नुपर्छ ।’
सरसफाई अभियानसँगै अन्दुवा खोला सरसफाई, कुरुप ढंगबाट राखिएका बोर्ड हटाउने, हरियाली शहर बनाउन रंगरोगन गर्ने जस्ता काम गरिँदै आएको थियो । विर्तामोडबाट अभियान शुरुआत भएपछि यसैको सिकाईले धुलाबारी, चारआली, गरामनी, बुधबारे, सैनिकमोड, शनिश्चरे लगायतका ठाउँमा सरसफाई अभियान सञ्चालन गरिएको थियो ।
विर्तामोड नगरलाई ध्यान दिँदै गरिएको सरसफाईमा राजनीतिक दलको लाचारिपन र व्यवसायीको असहयोगले सोचे जस्तो सफलता हासिल गर्न नसकेको अभियान्ताको गुनासो छ । सरसफाई अभियान सञ्चालन भएपछि विर्तामोडमा सुन्दरताको साटो कुरुपता थपिएको अभियान्ता स्वीकार गर्छन् । सरसफाई अभियान्ताले काम गर्छन् भन्दै फोहोर उत्पादक (व्यवसायी) ले लापरवाही बढाउन थालिएको बताइन्छ । युवाको एकल प्रयासले अभियानलाई निरन्तरता दिन गाह्रो भएपछि निरन्तरतामा दोधार भएको बुझिएको छ । यहाँका कपडा व्यवसायी, फलफुल व्यवसायी र होटल व्यवसायीले धेरैं फोहोर पार्ने गरेको अभियान्ताको भनाई छ ।


फोहोर व्यवस्थापन अभियानका अभियान्ता एवम् जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले व्यापारीमा चेतनाको विकास नभएसम्म दीर्घकालिन व्यवस्थापन सम्भव नहुने बताए । उनले राज्यका तर्फबाट हुनुपर्ने आवश्यक सद्भाव समेत नपाएको गुनासो गरेका छन् । व्यवस्थापनका लागि व्यवसायीले मंगलबारदेखि आईतबारसम्म फोहोर संकलन गरेर सोमबार नगरपालिकाको ट्रयाक्टर हाल्दिए व्यवस्थापनमा सहज हुने कतिपयको भनाई छ । जताततै फोहोरै फोहोर छ–अभियान्ता सत्याल भन्छन्–जति गरेपनि व्यवसायीको चेत खुलेन । ५० औं हप्ताको सरसफाई अभियानसम्म आईपुग्दा यस क्षेत्रका सामाजिक संघसंस्थाको कुनै सहयोग नरहेको समेत गुनासो गरिएको छ । विर्तामोडमा शुरु गरिएको अभियान अन्य क्षेत्रका लागि सिकाई भएपनि यहाँका नागरिकले बुझ्न नसकेको अभियान्ता बताउँछन् । इजलास दैनिक, झापा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्