भारतमा विवादित व्यक्तिको विराटनगरमा शंकास्पद मृत्यु, आयो पोष्टमार्टम रिपोटभिसेराको प्रतिक्षा

<span class='c1'>भारतमा विवादित व्यक्तिको विराटनगरमा शंकास्पद</span> <span class='c2'>मृत्यु, आयो पोष्टमार्टम रिपोटभिसेराको प्रतिक्षा</span>

विराटनगर । विराटनगर–१० शुभहोटलमा बसेको अवस्थामा गत शनिबार राती अचानक बिरामी परेर न्यूरो अस्पतालमा भर्नापछि मृत घोषित भएका भारतका युवकको घटना अनुसन्धानमा प्रहरीले पोष्टमार्टम रिपोर्टमा चित्त बुझाउन नसकेपछि थप चिकित्सकीय परामर्शमा जुटेको छ । घटनापछि सँगै बसेका चारजना मोरङ प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले उनीहरुलाई अभद्रव्यवहार कसुरमा म्याद थप गरेर घटनाको थप प्रमाण जुटाउने अभियानमा लागेको हो ।

नेपाल–भारत क्रसबोर्डर सुरक्षालाई समेत मध्यनजर राख्दै प्रहरीले विवादित व्यक्तिको शंकास्पद मृत्युको घटना अनुसन्धानलाई थप चासो र सुक्ष्म बनाएको हो । भारतको पटनामा २ जुनमा दुईवटा कोचिङ सेन्टरका सञ्चारकबीच विवाद भएको थियो । जसक्रममा तोडफोड, आगजनी र गोलीसम्म चलेको थियो । पटनामा रोशन आनन्दले सञ्चालन गरेको ज्ञान बिन्दु कोचिङ र फैजल खानको ग्लोबल स्टडिजबीचको विवादपछि प्रिन्सकुमार यादवसहित विरुद्ध पक्राउ पूँर्जी जारी भएको थियो ।

बिहार प्रहरीले घटनापछि संलग्न आरोपी प्रिन्स कुमार यादवसहितलाई पक्राउ गर्ने भएपछि उनीहरु भागेर विराटनगर आएका थिए । त्यहिक्रममा यादवको मृत्यु भएको हो । भारतमा विवादित बनेर भागेर विराटनगर आएका व्यक्तिको मृत्युलाई प्रहरीले चासोको रुपमा हेरेको छ । घटनापछि प्रिन्ससँग रहेका चारजनालाई प्रहरीले पक्राउ गरेर अहिलेसम्म अनुसन्धान गरिरहेको छ । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार मृतकको पोष्टमार्टम रिपोर्ट मंगलबार प्राप्त भएको छ । जसमा प्रहरीले थप चिकित्सकीय परामर्श लिइरहेको छ । प्रवक्ता मिश्रका अनुसार पोष्टमार्टम रिपोर्टले मात्रै हत्या भएको हो भन्ने यकिन नगर्ने भएपछि भिसेरा रिपोर्टको प्रतिक्षामा प्रहरी छ । उनले पोष्टमार्टम रिपोर्टका विषयमा थप चिकित्सकीय परामर्श भइरहेको समेत बताए ।

घटनापछि मृतक यादवसँगै बसेका बिहारका सहरसा निवासी २५ वर्षीय अंकितकुमार यादव, २७ वर्षीय रोशन यादव, २१ वर्षीय लटु यादव र ३० वर्षीय जयराम यादवलाई नियन्त्रणमा लिइएको थियो । एकजना नेपालीलाई समेत प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएर छोडेको छ । पक्राउ परेकासँगै एउटै होटलमा रहेका मृतक प्रिन्स ज्ञान बिन्दु कोचिङका सञ्चालक हुन् । उनी रोशन आनन्दका भाई थिए । तर, ग्लोबल स्टडिजका खानसर सहरमा बढी चर्चित थिए । त्यसैले उनीहरुबीच व्यवसायिक तित्तता रहेको थियो ।
प्रहरी प्रवक्ता मिश्रले अहिले अभद्र व्यवहारमा म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले तथ्य नजिक पुग्नका लागि अन्य प्रमाण जुटाउन लागिरहेको छ । तर, मार्नुपर्ने कारण चाँह अहिलेसम्म नभएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्