लागुऔषध दुर्व्यसन विरुद्ध विद्यार्थीलाई सचेत बनाउँदै औषधी व्यावसायी संघ मोरङ

<span class='c1'>लागुऔषध दुर्व्यसन विरुद्ध विद्यार्थीलाई सचेत</span> <span class='c2'>बनाउँदै औषधी व्यावसायी संघ मोरङ</span>

विराटनगर । नेपाल औषधी व्यावसायी संघ मोरङले आफ्नो ५३औँ स्थापना दिवसको अवसरमा सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत शुक्रबार विराटनगर–१६ रानीस्थित मिल्स माध्यमिक विद्यालयमा लागुऔषध तथा मनोद्दीपक औषधि सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

 

विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीहरूलाई लागुऔषध सेवनबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असरबारे जानकारी गराइएको थियो। कार्यक्रममार्फत युवापुस्तालाई लागुऔषध दुव्र्यसनबाट टाढा रहन प्रेरित गर्ने उद्देश्य राखिएको संघले जनाएको छ।

नेपाल औषधी व्यावसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालले संघको ५३औँ स्थापना दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर विभिन्न कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनका अनुसार असार ४ गतेदेखि असार १० गतेसम्म सञ्चालन भइरहेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत विद्यालयका विद्यार्थीलाई लागुऔषध सेवनका बेफाइदा र त्यसले व्यक्ति, परिवार तथा समाजमा पार्ने नकारात्मक प्रभावबारे सचेत गराइएको हो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक साजन महत्तरा र कपिलदेव आचार्यले प्रशिक्षण दिँदै लागुऔषध दुव्र्यसनको बढ्दो चुनौती, त्यसबाट हुने क्षति तथा बच्ने उपायबारे विद्यार्थीलाई जानकारी गराएका थिए। कार्यक्रममा संघका केन्द्रीय सदस्य प्रदीप दास, कोशी प्रदेश अध्यक्ष धनराज काफ्ले तथा विद्यालयका प्रधानाध्यापक बिन्दुकुमार लावतीलगायतको सहभागिता रहेको थियो।

संघले स्थापना दिवसको अवसरमा सप्ताहव्यापी रूपमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गरिरहेको छ। कार्यक्रमअन्तर्गत बिरामीलाई फलफूल वितरण, ट्राफिक सचेतना, रक्तदान, औषधिको समुचित प्रयोग, भण्डारण तथा बिक्री–वितरण सम्बन्धी अभिमुखीकरण तालिम, मानव सेवा आश्रममा भोजन सेवा तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरिनेछ।

त्यसैगरी स्थापना दिवसको मुख्य दिन अस्पताल चोकदेखि संघको भवनसम्म प्रभातफेरी, झण्डोत्तोलन, औपचारिक समापन समारोह तथा साँझ दीप प्रज्वलन कार्यक्रमसमेत आयोजना गरिने अध्यक्ष ढकालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्