विराटनगर । राष्ट्रिय उर्जाशिल पार्टी नेपालका दुइजना केन्द्रिय सदस्य नेकपा एमाले प्रवेश गरेका छन् । शनिबार विराटनगर बडा नम्बर १५ ले आयोजना गरेको विशेष कार्यक्रममा अनिल खतिवडा र धर्मेन्द्र ऋषिदेवसहित विभिन्न पार्टी परित्याग गरि ठुलो संख्यामा प्रवेश गरेका हुन् ।

विराटनगरका वडा १५,१६, १७ र १८ वडा तथा बुढिगङ्गा गाउँपालिकाबाट प्रवेश गरेका थिए । नव प्रवेशीमध्ये धर्मेन्द्र ऋषिदेव मुसहर संघ कोशी प्रदेशका कार्यवाहक अध्यक्ष समेत हुन् । उर्जाशील पार्टीबाट यी दुवैजना गत निर्वाचनमा समानुपातिक सांसदको उम्मेदवार समेत रहेका थिए। अनिल खतिवडा विराटनगर वडा १६ का स्थानीय एवं धर्मेन्द्र ऋषिदेव बुढिगङ्गा गाउँपालिकाका हुन् ।
कार्यक्रम नेकपा एमाले वडा १५ का अध्यक्ष भिखारी खत्वेको अध्यक्षतामा नेकपा एमाले केन्द्रिय सदस्य,मोरङ ईन्चार्ज ऋषिकेश पोखरेल र नेकपा एमाले केन्द्रिय सदस्य,विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यमा भएको हो ।

कार्यक्रममा अतिथिहरु बाबुराम कार्की(कोशी प्रदेश सदस्य एवं विराटनगर महानगर ईन्चार्ज), विक्रम तिवारी(कोशी प्रदेश सदस्य), रिता न्यौपाने(कोशी प्रदेश सदस्य), मनोज अग्रवाल(कोशी प्रदेश सदस्य), सन्तोशी श्रेष्ठ(कोशी प्रदेश सदस्य), बलराम गिरि(नेकपा एमाले विराटनगर महानगर अध्यक्ष), हमिद अजाद(नेकपा एमाले विराटनगर महानगर उप सचिव), वडा १४ का वडा अध्यक्ष सुर्यनारायण महतोसहितको उपस्थिति रहेको थियो ।