मध्यराती घाटमा निर्वस्त्र, प्रहरी भन्छ–गाँजा–रक्सी र अन्धविश्वास ताल

<span class='c1'>मध्यराती घाटमा निर्वस्त्र, प्रहरी</span> <span class='c2'>भन्छ–गाँजा–रक्सी र अन्धविश्वास ताल</span>

विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा सोमबार मध्यराति सर्वाङ्ग भएर बस्नेमध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घाटमा मध्यराती मस्ततालमा देखिएका ६ जनामध्ये चारजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रण पर्नेमा विराटनगर–६ का ४४ वर्षीय सुरेन्द्रमणी मण्डल, सुनसरी रामधुनी–६ का २५ वर्षीय कैलाश ढुंगाना, भोजपुर रामप्रसाद राई गाउँपालिका–६ का १८ मानिस काफ्ले र विराटनगवर ४ का ४४ वर्षीय छबिलाल घिमिरे रहेका छन् ।
घाटको शव जलाउनलाई चिता बनाउने ठाउँमा ६ जना देखिएका छन् । जसमध्ये दुईजना नाङ्गो छन् । त्यसमा पनि एकजना सर्वाङ्ग देखिन्छन् । स्थानीयले यो घटनामा प्रहरीले चासो राखिदिनुपर्ने भनेपछि संलग्नहरुलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता मकेन्द्र कुमार मिश्राका अनुसार मध्यराती अश्लिल कार्य गर्नेहरुको मदिरा र गाँजाको तालमा अन्धविश्वासका कारण त्यहाँ त्यस्तो कार्य गरिरहेका थिए । घटनाको अनुसन्धान गरिरहेका छौं, प्रहरी नायव उपरीक्षक मिश्राले भने–बुझ्दा चाँहि उनीहरुको जाँडरक्सी–गाँजा र अन्धविश्वासको ताल जस्तो लागिरहेको छ ।

भिडियोमा निर्वस्त्र रहेका युवाले घाटमा बालेको आगोबाट केहि वस्तु उठाएर अर्कोको शरीरमा दलेजस्तो देखिएको छ । त्यसक्रममा दल्ने व्यक्तिले अर्कोमाथि बलजफ्ती गरेको जस्तो हाउभाउ पनि देखिन्छ । टाउकोमा कालो कपडाको फेटा बाँधेर उनीहरुले मध्यरातमा यस्तो कार्य गरेपछि स्थानीयले देखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्