विराटनगरको क्षयरोग केन्द्र हटाउनुअघि बिरामीको व्यवस्थापन गर्न सरकारसँग माग

<span class='c1'>विराटनगरको क्षयरोग केन्द्र हटाउनुअघि बिरामीको</span> <span class='c2'>व्यवस्थापन गर्न सरकारसँग माग</span>

विराटनगर । नेपाल क्षयरोग निवारण संस्था विराटनगरले उपचाररत बिरामीको उचित व्यवस्थापन नगरी संस्थालाई कोशी अस्पतालको परिसरबाट हटाउन नहुने भन्दै सरकारसँग माग गरेको छ ।


बुधबार संस्थाको कार्यालय परिसरमा आयोजित पत्रकार सम्मेलनमा संस्थाका पदाधिकारीहरूले कोशी तथा मधेश प्रदेशका क्षयरोगीलाई निरन्तर सेवा दिँदै आएको केन्द्रलाई वैकल्पिक व्यवस्था नगरी हटाउँदा सयौं बिरामी उपचारबाट वञ्चित हुने बताएका हुन् ।
संस्थाका अध्यक्ष भैरव क्षेत्रीले हाल पनि करिब दुई दर्जन बिरामी, कैदीबन्दीसहित, उपचाररत रहेकाले उपचार पूरा नगरी सेवा अवरुद्ध हुँदा संक्रमणको जोखिम बढ्न सक्ने चेतावनी दिए। पूर्वअध्यक्ष राजन श्रेष्ठले जग्गा खाली गर्न तयार रहेको तर त्यसअघि बिरामीको व्यवस्थापन सुनिश्चित गर्नुपर्ने बताए।

संस्थाका सचिव भविष श्रेष्ठका अनुसार यो केन्द्र कोशी प्रदेशको एकमात्र क्षयरोग रेफरल केन्द्र हो, जहाँ वार्षिक करिब १० हजार शंकास्पद बिरामीको परीक्षण हुने र तीमध्ये करिब ३० प्रतिशतले उपचार सेवा लिने गरेका छन्। संस्थाले निःशुल्क ओपीडी, अत्याधुनिक प्रयोगशाला, डिजिटल एक्स–रे, एचआईभी परीक्षण, डट्स तथा डीआर उपचार सेवा, १५ शय्याको आवास गृह, निःशुल्क औषधि, पोषण तथा यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको जनाएको छ । सरकारी जग्गा खाली गराउने निर्णयपछि कोशी अस्पतालले असार ८ गते संस्थालाई जग्गा खाली गर्न पत्राचार गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्