लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलको अध्यक्षमा प्रमोदकुमार साह

<span class='c1'>लायन्स क्लब अफ विराटनगर हेल्थ</span> <span class='c2'>प्रोफेसनलको अध्यक्षमा प्रमोदकुमार साह</span>

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका निवासी प्रमोदकुमार साह लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलको अध्यक्षमा चयन भएका छन् । यससँगै उनले मानव सेवालाई अझ प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। ।

स्वास्थ्य क्षेत्रका विभिन्न विधामा कार्यरत पेशाकर्मीहरूलाई एउटै साझा मञ्चमा आबद्ध गर्दै समाजप्रति उत्तरदायी सेवा प्रवाह गर्ने उद्देश्यले स्थापित क्लबको नेतृत्व सम्हालेपछि अध्यक्ष साहले आफ्नो कार्यकाल युवा सशक्तीकरण, वातावरण संरक्षण, भोकमरी न्यूनीकरण, मधुमेह नियन्त्रण, रक्तदान, मानसिक स्वास्थ्य, स्वास्थ्य सेवा तथा शिक्षा लगायतका क्षेत्रमा केन्द्रित रहने बताएका छन्। उनले लायन्सको मूल मन्त्र  "We Serve" लाई व्यवहारमा उतार्दै समुदायको आवश्यकताअनुसार दिगो र प्रभावकारी सेवा कार्यक्रम सञ्चालन गरिने स्पष्ट पारे।

विशेषगरी स्वास्थ्य क्षेत्रका सरकारी कर्मचारी, चिकित्सक, प्यारामेडिक, नर्सिङकर्मी, औषधि व्यवसायी तथा अन्य स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको यस क्लबले समुदायमा स्वास्थ्य सचेतना र मानवीय सेवाका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।

 

वर्तमान कार्यसमितिमा उपाध्यक्ष डा. प्रबिन कुमार झा, सचिव दिपेन्द्र कार्की तथा कोषाध्यक्ष नन्दकिशोर साह रहेका छन्। नयाँ नेतृत्वले अनुभव, व्यावसायिक दक्षता र सेवाभावलाई एकीकृत गर्दै आगामी कार्यकाललाई समुदायका लागि स्मरणीय बनाउने विश्वास व्यक्त गरिएको छ।
अध्यक्ष साहले क्लबका सम्पूर्ण सदस्य, अग्रज लायन्स तथा शुभेच्छुकहरूको साथ, सहयोग र सुझावका साथ समाजमा सकारात्मक परिवर्तन ल्याउने सेवामूलक अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता दोहोर्‍याएका छन्। ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्