विराटनगरमा सेवाभावको उदाहरण: बालबालिकाका लागि खाद्यान्न सहयोग

<span class='c1'>विराटनगरमा सेवाभावको उदाहरण: बालबालिकाका</span> <span class='c2'>लागि खाद्यान्न सहयोग</span>

लायन्स क्लब अफ विराटनगर र लियो क्लब अफ विराटनगरको संयुक्त आयोजनामा विराटनगर–७ स्थित ‘आमा को माया’ छात्रावासमा  खाद्यान्न हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममार्फत छात्रावासमा आश्रित बालबालिकाका लागि आवश्यक खाद्यान्न सामग्री प्रदान गरिएको थियो, जसले उनीहरूको दैनिक जीवनमा सहजता थप्ने अपेक्षा गरिएको छ।

यस सेवामूलक अभियानका मुख्य प्रायोजक लायन विजय सुराना PMJF (पूर्व अध्यक्ष) तथा श्रीमती नम्रता सुराना रहनुभएको थियो। उहाँहरूको सहयोगले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको आयोजकले जनाएको छ।

नयाँ लायन वर्ष २०२६–२०२७ को सुरुवातसँगै ‘मानव सेवा नै सर्वोत्तम सेवा’ भन्ने भावनालाई आत्मसात गर्दै गरिएको यस कार्यक्रमले समाजप्रति लायन्सको प्रतिबद्धता र सेवाभावलाई थप मजबुत बनाएको छ।

कार्यक्रमका अवसरमा क्लबका अध्यक्ष लायन चाँद इराकीले सहयोगी, प्रायोजक तथा उपस्थित सम्पूर्णप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्