विराटनगरको धार्मिक सद्भाव : जोगाउने कि गुमाउने ?

<span class='c1'>विराटनगरको धार्मिक सद्भाव :</span> <span class='c2'>जोगाउने कि गुमाउने ?</span>

यो लेख कुनै धर्म, समुदाय, संस्था वा व्यक्तिको पक्ष वा विपक्षमा लेखिएको होइन। यसको उद्देश्य केवल विराटनगरको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी विश्वासलाई अझ सुदृढ बनाउने तथा भविष्यमा कुनै पनि प्रकारको धार्मिक वा सामुदायिक तनाव उत्पन्न हुन नदिन समयमै सबैको ध्यानाकर्षण गराउनु हो। धर्मको वास्तविक सार मानवता, सहिष्णुता, करुणा, नैतिकता र पारस्परिक सम्मानमा निहित हुन्छ। यही विश्वास र जिम्मेवारीको भावनाका साथ यो विषयमा आफ्ना विचार प्रस्तुत गरिरहेको छु।

मैले विराटनगरमा जीवनका करिब तीन दशक बिताएको छु। उमेर, अनुभव र चेतनासँगै यो सहरको सामाजिक, सांस्कृतिक र धार्मिक परिवेशलाई निकै नजिकबाट नियाल्ने अवसर पाएको छु। आजसम्म मैले कुनै पनि व्यक्तिलाई धर्म, जात, भाषा, वर्ण, लिङ्ग वा पेशाका आधारमा फरक व्यवहार गर्ने वा फरक दृष्टिले हेर्ने प्रयास गरेको छैन। म गर्वका साथ सनातन हिन्दू धर्ममा आस्था राख्छु। तर मेरो धर्म, मेरा गुरुहरू, मेरा मातापिता, शिक्षक, आफन्त, साथीभाइ र समाजले मलाई सिकाएको सबैभन्दा ठूलो शिक्षा भनेको आफ्नो धर्मलाई प्रेम गर्नु भनेको अर्को धर्मलाई घृणा गर्नु होइन भन्ने हो। त्यसैले मेरो सम्मान केवल आफ्नो धर्मप्रति सीमित छैनस सम्पूर्ण धर्म, सम्पूर्ण आस्था र सम्पूर्ण मानव समुदायप्रति समान रूपमा रहिआएको छ र जीवनभर रहनेछ।

सायद यही कारणले पछिल्ला केही वर्षदेखि विराटनगरको धार्मिक वातावरणलाई नियाल्दा मेरो मनमा बारम्बार एउटै प्रश्न उठ्न थालेको छ। के हामी धार्मिक पर्वहरूलाई श्रद्धा, संस्कार र सद्भावका साथ मनाइरहेका छौँ, वा विस्तारै तिनलाई शक्ति प्रदर्शनको माध्यम बनाउँदै छौँरु

मेरो चिन्ता कुनै धर्म वा पर्वप्रति होइन। मेरो चिन्ता सार्वजनिक रूपमा पर्व मनाउने क्रममा देखिन थालेका केही प्रवृत्तिप्रति हो। जुनसुकै धर्मको कार्यक्रम किन नहोस्, यदि त्यसमा अत्यधिक ध्वनि प्रदूषण गर्ने संगीत, ट्राफिक नियमको खुला उल्लङ्घन, सडक अवरुद्ध गर्ने गतिविधि, मोटरसाइकल वा अन्य सवारीसाधनमार्फत अनावश्यक शक्ति प्रदर्शन, जथाभावी फोहोर, सार्वजनिक सम्पत्तिप्रति बेवास्ता, वा आम नागरिकलाई असहज महसुस गराउने व्यवहार देखिन्छ भने त्यसबारे हामी सबैले गम्भीर भएर सोच्नैपर्छ। धार्मिक स्वतन्त्रताको सम्मानसँगै सार्वजनिक मर्यादा र कानुनी जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

अझ एउटा विषयले मलाई निकै गम्भीर बनाउँछ। एकछिन हामी सबैले आफ्नै घरका साना नानीबाबुहरूको ठाउँमा आफूलाई राखेर सोचौँ। विद्यालय जाँदै गर्दा वा विद्यालयबाट फर्किँदै गर्दा उनीहरूले यस्ता र्‍यालीहरू आफ्नै आँखाले नजिकबाट देख्न बाध्य भए भने उनीहरूको कलिलो मनमा कस्तो प्रभाव पर्लारु अत्यधिक आवाज, उत्तेजित भीड, युद्धको तयारी सम्झाउने शैलीका प्रदर्शन वा हतियारजस्ता सामग्रीको सार्वजनिक प्रदर्शनले उनीहरूले धर्मलाई कसरी बुझ्लान्रु शान्ति, प्रेम र मानवताको रूपमा, कि शक्ति प्रदर्शन र भयसँग जोडिएको रूपमारु यी प्रश्नहरूको उत्तर सजिलो छैन। तर एउटा कुरा निश्चित छ—आज हामीले सार्वजनिक रूपमा देखाउने व्यवहार नै भोलिका पुस्ताले सिक्ने संस्कार बन्न सक्छ।

विराटनगर कुनै एउटा धर्म, जात वा भाषाको सहर होइन। यो विविधताले सुन्दर बनेको सहर हो। यहाँ हिन्दू, मुस्लिम, बौद्ध, किराँत, इसाई तथा अन्य समुदायका नागरिक दशकौँदेखि एकअर्काको सुखदुःखमा साथ दिँदै, सम्मान गर्दै र सहअस्तित्वका साथ बाँचिरहेका छन्। यही भाइचारा, यही विश्वास र यही सामाजिक सद्भाव नै विराटनगरको वास्तविक परिचय हो। त्यसैले यसलाई जोगाउनु केवल सरकारको वा कुनै एउटा समुदायको जिम्मेवारी होइनस हामी सबै विराटनगरवासीको साझा दायित्व हो।

यही कारणले म भन्न चाहन्छु—विगतमा जे भयो, त्यो इतिहास बनिसकेको छ। तर इतिहासबाट पाठ सिकेर भविष्यलाई सुरक्षित बनाउने जिम्मेवारी भने आज हाम्रो काँधमा छ। यदि कुनै पनि सार्वजनिक धार्मिक कार्यक्रमको शैलीले समाजमा अनावश्यक तनाव, असहजता वा विभाजनको भावना बढाउने सम्भावना देखिन्छ भने त्यसलाई समयमै सुधार गर्नु कमजोरी होइन, परिपक्वता हो। विवेकशील समाजले समस्या ठूलो भएपछि होइन, समस्या देखिन थालेकै बेला समाधान खोज्छ।

यस सन्दर्भमा म सम्बन्धित निकायहरूसँग केही गम्भीर प्रश्न गर्न चाहन्छु। यी प्रश्न आरोप लगाउनका लागि होइनन्स हाम्रो साझा समाज र विराटनगरको भविष्यप्रतिको चिन्ताका कारण उठाइएका प्रश्न हुन्।

जिल्ला प्रशासन कार्यालय, स्थानीय सरकार, सुरक्षा निकाय तथा सार्वजनिक कार्यक्रमको अनुमति दिने सम्बन्धित निकायहरूले अनुमति प्रदान गर्दा सार्वजनिक सुरक्षा, ट्राफिक व्यवस्थापन, ध्वनि प्रदूषण, वातावरणीय असर, सर्वसाधारणको सहज आवतजावत तथा सामाजिक सद्भावमा पर्न सक्ने प्रभावको पर्याप्त मूल्याङ्कन गर्नुहुन्छ कि हुँदैनरु यदि गर्नुहुन्छ भने, कतिपय कार्यक्रममा सार्वजनिक रूपमा देखिने अव्यवस्था, कानुनविपरीत गतिविधि वा सर्वसाधारणमा असहजता उत्पन्न गर्ने व्यवहारलाई प्रभावकारी रूपमा नियन्त्रण गर्न किन कठिन भइरहेको छरु यदि अझ सुधार आवश्यक छ भने, त्यसलाई स्वीकार गर्दै समयमै आवश्यक कदम चाल्न किन ढिलाइ गर्नेरु

केही दिनअघि मुस्लिम समुदायले मनाउने मोहरमका अवसरमा निकालिएको जुलुस होस् वा विगतमा तथा आगामी दिनमा हिन्दू समुदायले रामनवमी लगायतका पर्वका अवसरमा निकाल्ने र्‍यालीहरू हुन्—मेरो दृष्टिकोण सबैका लागि समान छ। जुनसुकै धर्मको नाममा आयोजना गरिने सार्वजनिक कार्यक्रम भए पनि यदि त्यसमा सामाजिक सद्भावलाई कमजोर पार्ने, सर्वसाधारणलाई अनावश्यक असहज बनाउने, ध्वनि वा ट्राफिक अव्यवस्था सिर्जना गर्ने, वा कानुनको उल्लङ्घन गर्ने गतिविधि देखिन्छ भने त्यसलाई समयमै सुधार गरिनुपर्छ। कानुन, मर्यादा र जिम्मेवारी कुनै एक समुदायका लागि होइन, सबैका लागि समान रूपमा लागू हुनुपर्छ।

धार्मिक स्वतन्त्रता हाम्रो संवैधानिक अधिकार हो। तर प्रत्येक अधिकारसँग एउटा जिम्मेवारी पनि जोडिएको हुन्छ। मेरो धार्मिक स्वतन्त्रताको प्रयोग त्यहीँसम्म उचित हुन्छ, जहाँसम्म त्यसले अर्को नागरिकको शान्ति, सुरक्षा, सम्मान र अधिकारमा अनावश्यक असर पार्दैन। यही सन्तुलन कायम गर्नु नै सभ्य र जिम्मेवार समाजको पहिचान हो।

म सम्पूर्ण धार्मिक अगुवा, बुद्धिजीवी, सामाजिक अभियन्ता, युवा, नागरिक समाज, जिल्ला प्रशासन कार्यालय, महानगरपालिका, सुरक्षा निकाय तथा सम्पूर्ण आयोजकहरूसँग हार्दिक अनुरोध गर्दछु—अब समय आएको छ, हामी सबै एउटै टेबलमा बसौँ। सार्वजनिक धार्मिक कार्यक्रम सञ्चालनका लागि साझा आचारसंहिता निर्माण गरौँ। धार्मिक आस्थाको पूर्ण सम्मान गर्दै ध्वनि प्रदूषण, ट्राफिक व्यवस्थापन, सार्वजनिक सरसफाइ, सुरक्षा, अनुशासन र सामाजिक सद्भावलाई केन्द्रमा राखेर स्पष्ट मापदण्ड तय गरौँ। नियम सबैका लागि समान होस्, कार्यान्वयन पनि सबैका लागि समान होस्।

हामीले यो कुरा कहिल्यै बिर्सनु हुँदैन कि सामाजिक सद्भाव बिग्रन धेरै समय लाग्दैन, तर बिग्रिएको विश्वास पुनः निर्माण गर्न वर्षौँ लाग्न सक्छ। त्यसैले आजको संयम, आजको संवाद र आजको जिम्मेवारीले नै भोलिको शान्ति सुनिश्चित गर्न सक्छ।

अन्त्यमा, म फेरि एकपटक स्पष्ट रूपमा भन्न चाहन्छु—यो लेख कुनै धर्मको विरोधमा होइन, कुनै समुदायको आलोचनाका लागि होइन, न त कसैको आस्थामाथि प्रश्न उठाउनका लागि हो। यो लेख त केवल हाम्रो साझा विराटनगरको पक्षमा लेखिएको एउटा इमानदार नागरिकको आवाज हो।

यदि मेरा केही शब्दहरूले सम्बन्धित निकायलाई अझ जिम्मेवार बन्न, धार्मिक अगुवाहरूलाई अझ संवेदनशील बन्न, आयोजकहरूलाई अझ अनुशासित बन्न र हामी सबै नागरिकलाई आफ्ना सार्वजनिक व्यवहारबारे एकपटक फेरि सोच्न प्रेरित गर्न सके भने मेरो लेखन सफल भएको ठान्नेछु।

किनकि अन्ततः प्रश्न केवल एउटा र्‍याली, एउटा पर्व वा एउटा समुदायको होइन। प्रश्न हाम्रो साझा भविष्यको हो। प्रश्न हाम्रा बालबालिकाले कस्तो समाज पाउनेछन् भन्ने हो। प्रश्न विराटनगरको पहिचानको हो।

आउनुहोस्, हामी सबै मिलेर यस्तो विराटनगर निर्माण गरौँ जहाँ धार्मिक स्वतन्त्रता पनि सुरक्षित होस्, कानुनको सम्मान पनि कायम रहोस्, सामाजिक सद्भाव पनि अझ बलियो बनोस्, र भावी पुस्ताले गर्वका साथ भन्न सकून्—ूहाम्रो विराटनगर विविधताको सहर मात्र होइन, सहिष्णुता, सभ्यता र भाइचाराको पनि उत्कृष्ट उदाहरण हो।ू

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्