काठमाडौं । काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न ६४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौंबाट ५२ जना तथा ललितपुर र भक्तपुरबाट ६र६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । यसैगरी २९ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका सबै जनामाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।