प्रधानमन्त्री र सभापति लामिछानेले संसदको नियम उल्लंघन गरेको भन्दै एमालेको आपत्ति

<span class='c1'>प्रधानमन्त्री र सभापति लामिछानेले संसदको नियम</span> <span class='c2'>उल्लंघन गरेको भन्दै एमालेको आपत्ति</span>

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले संसद् बैठकको मर्यादा उल्लंघन गरेको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।

एमाले सांसद ऐनबहादुर महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति जनाउँदै प्रधानमन्त्री र रास्वपा सभापति लामिछानेले प्रतिनिधिसभा नियमावलीको व्यवस्था उल्लंघन गरेको आरोप लगाए । उनले प्रतिनिधिसभा नियमावलीको नियम २० को खण्ड (छ) मा सभामुखको आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न नहुने व्यवस्था रहेको उल्लेख गरे । सांसद महरका अनुसार बैठकमा राप्रपाकी सांसद खुश्बु ओलीले आफ्नो भनाइ राखिरहेका बेला प्रधानमन्त्री शाह र सभापति लामिछाने सभामुखको आसनअगाडिको भाग हुँदै हिँडेका थिए ।

‘माननीय खुश्बु ओली बोलिरहनुभएको अवस्थामा सम्माननीय प्रधानमन्त्रीज्यू र सत्तापक्षका सभापतिज्यूले नियमको उल्लंघन गरेर हिँड्नुभएको छ । यस विषयमा नियमापत्ति गर्दै सभामुखको ध्यानाकर्षण गराउन चाहन्छु र यसबारे रुलिङको माग गर्दछु,’महरले भने। उनले संसद्को मर्यादा र नियम सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सभामुखबाट आवश्यक निर्देशन आउनुपर्ने माग गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्