नक्कली भुटानी शरणार्थी प्रकरण : कसलाई कति सजाय ?

<span class='c1'>नक्कली भुटानी शरणार्थी प्रकरण :</span> <span class='c2'>कसलाई कति सजाय ?</span>

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएकाहरुलाई जिल्ला अदालत काठमाडौंले सजाय तोकेको छ । मंगलबार न्यायाधीश तेजबहादुर खड्काको इजलासले पूवउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जनालाई सजाय तोकेको हो ।

टोपबहादुरलाई ५ वर्षको कैद र ५० हजार जरिवाना, टेकनारायण पाण्डेलाई ६ वर्षको कैद र ६० हजार जरिवना, बालकृष्ण खाँणलाई २ वर्षको कैद र २० हजार जरिवाना र टेकनाथ रिजाललाई १ वर्षको कैद र १० हजार जरिवाना तोकिएको छ ।

यसैगरी, केशव दुलाललाई ७ वर्ष कैद र ७० हजार जरिवाना, सानु भण्डारीलाई ७ वर्षको कैद र ७० हजार जरिवाना, इन्द्रजित राईलाई ६ वर्षको कैद र ६० हजार जरिवाना, आङटावा शेर्पालाई ५ वर्षको कैद र ५० हजार जरिवाना, सन्देश शर्मालाई ५ वर्षको कैद र ५० हजार जरिवाना, गोविन्द चौधरीलाई ५ वर्षको कैद र ५० हजार जरिवना, सागर राईलाई ५ वर्षको कैद र ५० हजार जरिवाना तोकिएको छ ।

यस्तै, शम्शेर मियाँलाई १ वर्षको कैद र १० हजार जरिवाना, नरेन्द्र केसीलाई १ वर्षको कैद र १० हजार जरिवाना, हरिभक्त महर्जनलाई १ वर्षको कैद र १० हजार जरिवना, निरञ्जनकुमार खरेललाई १ वर्षको कैद र १० हजार जरिवाना र बेचन झालाई १ वर्षको कैद र १० हजार जरिवान तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्