जलविद्युत् र नवीकरणीय ऊर्जामा लगानी बढाउन ‘ग्रीन बण्ड’ र एक्सचेन्ज ट्रेडेड फण्ड ल्याइने

<span class='c1'>जलविद्युत् र नवीकरणीय ऊर्जामा लगानी बढाउन ‘ग्रीन</span> <span class='c2'>बण्ड’ र एक्सचेन्ज ट्रेडेड फण्ड ल्याइने</span>

काठमाडौं । सरकारले नवीकरणीय ऊर्जा तथा जलविद्युत् आयोजनामा दीर्घकालीन लगानी परिचालन गर्न पूँजी बजारमार्फत नयाँ वित्तीय साधनहरू विकास गर्ने नीति अघि सारेको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को पुँजी बजार नीति तथा कार्यक्रमअनुसार जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा आवश्यक लगानी जुटाउन ‘ग्रीन बण्ड’ (हरित ऋणपत्र) लगायत वातावरणमैत्री वित्तीय साधनहरूको विकास गरिने उल्लेख गरिएको छ । नीतिअनुसार जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक पूँजी पूँजी बजारमार्फत परिचालन गर्ने व्यवस्था सुदृढ बनाइनेछ । यसबाट स्वच्छ ऊर्जा परियोजनामा दीर्घकालीन वित्तीय स्रोत जुटाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ ।

यस्तै, लगानीकर्तालाई लगानीको विविधीकरण गर्ने अवसर प्रदान गर्दै जलविद्युत् क्षेत्रमा सामूहिक लगानी आकर्षित गर्न एक्सचेन्ज ट्रेडेड फण्ड (ईटीएफ) सञ्चालनमा ल्याउने योजना पनि नीतिमा समावेश गरिएको छ । सेबोनको विश्वास छ कि ग्रीन बण्ड, ईटीएफ लगायतका आधुनिक वित्तीय उपकरण कार्यान्वयनमा आएपछि जलविद्युत् तथा नवीकरणीय ऊर्जा क्षेत्रमा संस्थागत तथा सर्वसाधारण लगानीकर्ताको सहभागिता बढ्ने, पूँजी परिचालन सहज हुने र दिगो ऊर्जा विकासमा टेवा पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्