एभरेष्ट कलेजमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

<span class='c1'>एभरेष्ट कलेजमा कक्षा ११</span> <span class='c2'>का विद्यार्थीलाई स्वागत</span>

विराटनगर । विराटनगरस्थित प्रतिष्ठित शैक्षिक संस्था एभरेष्ट कलेजले शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूका लागि एक समारोहका बीच 'कक्षा ११ स्वागत कार्यक्रम' सम्पन्न गरेको छ। नवआगन्तुक विद्यार्थीहरूलाई एभरेष्ट परिवारमा भित्र्याउने उद्देश्यले आयोजित उक्त कार्यक्रम भव्य र उल्लासमय वातावरणमा सम्पन्न भएको हो।

समारोहमा पूर्वाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. बिजु कुमार थपलियाको प्रमुख अतिथिको रूपमा उपस्थित रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. थपलियाले विद्यार्थीहरूलाई उत्कृष्ट प्राज्ञिक सफलता हासिल गर्न, अनुशासन कायम राख्न र जीवनमा निरन्तर प्रगतिको पथमा लम्कन अभिप्रेरित गरे। उनले कलेजको प्राज्ञिक वातावरणको प्रशंसा गर्दै युवा विद्यार्थीहरू नै देशको भविष्य भएकाले उच्च शिक्षाको जग बलियो बनाउन सुझाव समेत दिए।

कलेज प्रशासनले कार्यक्रमलाई सभ्य र भव्य रूपमा सफल पार्न सहयोग पुर्‍याउने सम्पूर्ण आमन्त्रित अतिथि, अभिभावक, प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूमा हार्दिक आभार प्रकट गरेको छ। 'उत्कृष्टतातर्फको यात्रा' भन्ने मूल नाराका साथ कलेजले नयाँ विद्यार्थीहरूको शैक्षिक यात्रा सुखद र सफल रहने विश्वास व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्