हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन

<span class='c1'>हर्क साम्पाङ्गविरुद्ध जानकी</span> <span class='c2'>मन्दिर अगाडि प्रदर्शन</span>

जनकपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले जनकपुरधामको जानकी मन्दिर अगाडि नाराबाजी गर्दै हर्क साम्पाङ्गविरुद्ध प्रदर्शन गरिरहेका छन् । क्रिश्चियन धर्म मान्ने साम्पाङ्गलाई हिन्दुहरूको आस्थाको केन्द्र जानकी मन्दिर भित्र प्रवेश गर्न नदिने भन्दै हिन्दूवादी सङ्घसंस्थाहरूले आपत्ति जनाउँदै विरोध गरिरहेका छन् । अहिले जानकी मन्दिर बाहिर र परिसरभित्र भारी मात्रामा प्रहरी परिचालन गरिएको छ ।

केहीबेर अघि मात्र श्रम संस्कृति पार्टीका कार्यकर्ताहरू जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिएका छन् । साम्पाङ आज विभिन्न कार्यक्रमहरूमा समावेश हुन जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्