धनुषामा हवाई फायरगरी भारतीय लागुऔषध कारोबारी पक्राउ

<span class='c1'>धनुषामा हवाई फायरगरी भारतीय</span> <span class='c2'>लागुऔषध कारोबारी पक्राउ</span>

जनकपुर । धनुषामा प्रहरीले हवाई फायर गरी २ जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।
शुक्रबार लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय, बर्दिबासबाट खटिएको टोलीले धनुषाको मिथिला नगरपालिका वडा नं.६ बाट २ जना भारतीय कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

धनुषा प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा भारतको मधुवनीका २८ वर्षिय सन्तोष कुमार महतो र सोही स्थानका ४५ वर्षिय मिथिलेश साहु रहेका छन् । प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन १ राउण्ड हवाई फायर गरेको थियो । पक्राउ परेका दुबै जनाको साथबाट ९५ ग्राम ५९० मिलिग्राम खैरो हेरोईन बरामद गरिएको छ ।

साथै उनीहरुबाट २ थान मोबाईल, भारतीय आधार कार्ड र भारतीय सवारी चालक अनुमति पत्र पनि बरामद भएको छ । पक्राउ परेका दुबै जनालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय ढल्केवार, धनुषामा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्