गृहमन्त्रीले राजीनामा र बालेनले माफी माग्नुपर्छ : एमाले नेता बस्नेत

<span class='c1'>गृहमन्त्रीले राजीनामा र बालेनले माफी</span> <span class='c2'>माग्नुपर्छ : एमाले नेता बस्नेत</span>

विराटनगर । सुनसरीको कप्तानगञ्जमा भएको झडप र सुरक्षाकर्मीको गोली लागेर युवाको मृत्यु भएको घटनालाई लिएर नेकपा एमालेका सचिव महेश बस्नेतले कडा प्रतिक्रिया दिएका छन्। उनले सुनसरी घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री सुधन गुरुङले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्।

फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले पनि जनतासँग माफी माग्नुपर्ने बताएका छन्। उनले लेखेका छन्, ‘सुनसरी घटनाको जिम्मेवारी लिँदै गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ। बालेनले जनतासँग माफी माग्नुपर्छ।’

साथै, सामान्य विवादलाई साम्प्रदायिक र धार्मिक रूप दिएर निर्दोष युवामाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीदेखि यस घटनामा संलग्न सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्