नेपाल अग्रवाल युवा मञ्च विराटनगरको २०औँ पदस्थापन तथा शपथ ग्रहण सम्पन्न

<span class='c1'>नेपाल अग्रवाल युवा मञ्च विराटनगरको २०औँ</span> <span class='c2'>पदस्थापन तथा शपथ ग्रहण सम्पन्न</span>

विराटनगर । नेपाल अग्रवाल युवा मञ्च, विराटनगरको २०औँ पदस्थापन तथा शपथ ग्रहण समारोह शनिबार स्वागतम् होटल, विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ। दुई दशकदेखि सामाजिक सेवा, युवा नेतृत्व विकास, शिक्षा, स्वास्थ्य तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको मञ्चले नयाँ कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन गराएको हो।

समारोहका प्रमुख अतिथि नेपाल राष्ट्रिय मारवाडी संगठनका केन्द्रीय उपाध्यक्ष भिक्कमचन्द सरल रहनुभएको थियो। कार्यक्रममा नेपाल अग्रवाल सभा, विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल तथा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष गोपाल अग्रवाल विशिष्ट अतिथिका रूपमा सहभागी हुँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

नवगठित २०औँ कार्यसमितिमा अंकुर कानोडिया अध्यक्ष, चेतन अग्रवाल निवर्तमान अध्यक्ष (IPP), रवि अग्रवाल प्रथम उपाध्यक्ष, साहिल अग्रवाल द्वितीय उपाध्यक्ष, हिमांशु अग्रवाल महासचिव, सुजल अग्रवाल र गगन तोडी सचिव, रोनक अग्रवाल कोषाध्यक्ष तथा नमन चिरानिया सह–कोषाध्यक्ष पदमा पदस्थापन हुनुभएको छ।

सो अवसरमा समाजप्रति लामो समयदेखि समर्पित सेवा पुर्‍याउँदै प्रत्येक परिवारसम्म आत्मीयतापूर्वक निमन्त्रणा पुर्‍याई सामाजिक कार्यक्रमहरू सफल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै बाबुलाल सेनलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले युवाहरूलाई सामाजिक सेवा, नेतृत्व विकास, सामाजिक एकता र समाज रूपान्तरणका अभियानमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष अंकुर कानोडियाले आफ्नो कार्यकालमा सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, सांस्कृतिक संरक्षण, युवा नेतृत्व विकास तथा समाजलाई थप एकताबद्ध बनाउने उद्देश्यका साथ विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

समारोहमा समाजका अग्रज, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, युवा सदस्य, शुभेच्छुक तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मञ्चले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्