गिरी बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा ठगीको अर्को मुद्दा

<span class='c1'>गिरी बिरुद्ध जिल्ला प्रहरी</span> <span class='c2'>कार्यालयमा ठगीको अर्को मुद्दा</span>

विराटनगर । निर्माण व्यवसायी सुभास श्रेष्ठमाथि ठगी गरेको कसूरमा जिल्ला अदालत काठमाण्डौंले धरौटी माग गरेका अभिषेक गिरी विरुद्ध मोरङमा अर्को ठगी विरुद्धको जाहेरी परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा कटहरीको अन्नपूर्णा आयल सेन्टरका तत्कालिन सञ्चालक दिलिप चौधरी बड्कुले गिरी विरुद्ध ठगी गरेको आरोपमा  जाहेरी दिएका हुन् ।
काठमाण्डौं जिल्ला अदालतले पाँचलाख धरौटी माग गरेका गिरीले धरौटी बुझाएनन् । त्यहाँबाट छुट्ने बित्तीकै पुनः मोरङ प्रहरीको नियन्त्रणमा पर्ने भएपछि उनले धरौटी बुझाउन अस्वीकार गरेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता मकेन्द्र मिश्रका अनुसार गिरी विरुद्ध जाहेरी प्राप्त भएपछि त्यसका आधारमा अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ ।
कटहरीमा रहेको अन्नपूर्णा आयल इन्द्रबहादुर कार्कीले स्थापना गरेका थिए । उनले केहिसमय चलाएपछि यो ललित गोयललाई दिएका थिए । गोयलले दिलिप चौधरी र दिनेश ठाकुरलाई बिक्री गरेका थिए । बुढीगंगा स्लाइन उद्योग स्थापना गर्ने भएपछि ठाकुरले पम्प बिक्री गर्ने मनसाय राखे । त्यहि बेला उनका साझेदार चौधरीले पनि बिक्री गर्न सहमत भएका थिए ।

यहि अन्नपूर्णा आयलको खरिद बिक्री हुँदा गिरीले चौधरीको ८० लाख रुपिँया बढी रकम नदिएको आरोप छ । यद्यपी खरिदबिक्रीमा बैंक लोन स्वाप्प गरेर गिरीले लिएको दावी छ ।
गिरीले खरिद गरेको अन्नपूर्ण आयल (पेट्रोल पम्प) भने अर्पणा तुलाधारको नाममा रहेको प्रहरीले बताएको छ । तर, खरिदबिक्रीको प्रक्रियामा चौधरीलाई दिनुपर्ने रकम नदिएर ठगी गरेको दावी गर्दै उनले जाहेरी दिएका हुन् ।
गिरीले धरौटीमा छुट्नसाथ मोरङ प्रहरीको नियन्त्रणमा पर्ने सुँइको पाएका थिए । नेपाली काँग्रेस मोरङमा नेतृत्वमा दावी गर्दै आएका गिरी विरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैँया बिगो मागदावीसहित काठमाण्डौं जिल्ला अदालतमा गत साउन १५ गते जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो । सिआईबीले निर्माण व्यवसायी सुभाष श्रेष्ठका घरजग्गा, गाडी र चेक कब्जा गरेर ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।

यस विषयमा चौधरीसँग बुझ्न खोज्दा उनी भने सम्पर्कमा आएनन् ।

जिल्ला कारागार मोरङमा कैदीबन्दीलाई बाँडेको भत्ता कारागार भित्रबाटै गायब भएपछि गिरी गत असार १३ गते पक्राउ परेका थिए । प्रहरीले उनलाई आपराधिक लाभ सम्बन्धी कसुरको म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो ।
१८ असारमा उच्च अदालत विराटनगरले गिरीविरुद्धको अनुसन्धान ५ दिन भित्र सक्न निर्देशनात्मक आदेश जारी गरेको थियो । जिल्ला अदालत मोरङले २२ असारमा उच्चको आदेश सदर गरेपछि उनी हाजिरी जमानतमा छुटेका थिए । त्यहि साँझ सिआईबीले उनलाई नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्