देवेनरा ग्रुपमा प्रहरीको छापाप्रति उद्योग–व्यवसायीको चार छाता संघको आपत्ति

<span class='c1'>देवेनरा ग्रुपमा प्रहरीको छापाप्रति उद्योग–व्यवसायीको</span> <span class='c2'>चार छाता संघको आपत्ति</span>

विराटनगर । विराटनगरस्थित व्यवसायिक घराना देवेनरा ग्रुपको घर तथा व्यवसायमा प्रहरीले छापा हानेकोप्रति पूर्वका उद्योग व्यवसायी संघ तथा संगठनले संयुक्त रुपमा आपक्ति जनाएका छन् । सोमबार नेपाल प्रहरीले सडक नै छेकेर ५ घण्टासम्म घरमा छापा मारेको भन्दै ध्यानाकर्षण भएको जनाइएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग परिसंघ कोशीका अध्यक्ष पवन शारडा, उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी र मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै प्रहरीले ज्यादती गरेकोप्रति भत्सर्ना समेत गरेका छन् ।
विज्ञप्तीमा प्रहरीलाई प्राप्त सूचनाका आधारमा गरिएको उक्त छापामा प्रहरीकै प्रेस विज्ञप्ति अनुसार कुनै किसिमको गैरकानुनी वस्तु वा प्रमाण फेला नपर्नुले प्रहरीको सूचना संयन्त्रको विश्वसनीयता माथि नै गम्भीर प्रश्न उठाएको भनिएको छ । अपुष्ट सूचनाको भरमा उद्योगी÷व्यवसायीलाई आतंकित पार्ने शैलीमा बिहान ४ः३० बजेदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी लामो समयसम्म छापा मारिएको घटनाले सबैलाई चिन्तित बनाएको उल्लेख छ । कानुन कार्यान्वयन राज्यको दायित्व भएपनि त्यसको कार्यान्वयन गर्दा नागरिकको सम्मान, प्रतिष्ठा, व्यावसायिक निरन्तरता तथा प्राकृतिक न्यायका सिद्धान्तलाई समेत समान रुपमा ध्यान दिनु आवश्यक हुन्छ ।
निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तनको अपेक्षा गरिरहेको अवस्थामा, हतोत्साहित हुने गरी छापा मार्ने कार्यले सरकारको नीति र व्यवहार बीच तादम्यता नभएको देखिन्छ । यस प्रकारका गतिविधिले सरकार र निजी क्षेत्रबीच अविश्वास वढदै गई आर्थिक गतिविधि विस्तार गर्ने सरकारकै उद्देश्यमा समेत प्रतिकूल प्रभाव पार्न सक्छ भनिएको ।
छापा तथा अनुसन्धानात्मक कारबाही अघि प्रयोग गरिने सूचना संयन्त्रको विश्वसनीयता, प्रमाणिकता माथि गम्भीर पुनरावलोकन गर्न, अपुष्ट सूचनाका आधारमा गरिने कारबाहीबाट निर्दोष उद्योगी÷व्यवसायीको सामाजिक प्रतिष्ठा र व्यावसायिक साखमा असर पुग्नका साथै यस्ता क्रियाकलापले अर्थतन्त्रमा दुरगामी असर पर्ने समेत भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्