विराटनगरका उद्योगीसँग छलफल गर्दै कोशीका डिआईजी

<span class='c1'>विराटनगरका उद्योगीसँग छलफल</span> <span class='c2'>गर्दै कोशीका डिआईजी</span>

विराटनगर । सोमबार जिल्ला प्रहरी कार्यालय मोरङले अपुष्ट सूचनाका आधारमा औद्योगिक घराना देबेनारा ग्रुप अन्तर्गतका बेनीगोपाल मुन्दडाको घरमा छापा हानेपछि त्यसलाई सहजीकरण गर्न कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डिआइजी शेखर खनालले उद्योगी व्यवसायीहरूसँग छलफल गर्ने भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर–७ गोश्वारामा रहेको बेनीगोपाल मुन्दडाको घरमा गैरकानुनी वस्तु रहेको भन्दै छापा मारेको थियो ।

५ घण्टासम्म प्रहरीले छापा मारेपछि केही भेट्टाएन । प्रहरीले प्राप्त गरेको सूचनाका आधारमा केहि फेला नपरेपनि स्रोत विश्वसनिय रहेकोले अझैपनि प्रमाण संकलनका लागि प्रयास जारी राख्ने देखिएको छ । यद्यपी जहाँ जे छ भनेर प्रहरी गएको छ, त्यहाँ केहि फेला नपरेपछि त्यसले प्रहरीको भूमिकामा प्रश्न उठाएको छ ।

अपुष्ट सूचनाको आधारमा छापा मारेको र आतंक सिर्जना गरेको भन्दै निजी क्षेत्रले सोमबार साँझ विज्ञप्ती जारी गरेको थियो । यद्यपी छापा मारेर प्रहरी बाहिरिँदा भने मुन्दडा परिवार खुशी देखिन्थे । उनीहरुले आशंका राखेर प्रहरी बसेको भएपनि त्यो क्लियर भएको भन्दै क्लिन चिट मिलेकोमा खुशी व्यक्त गरेका थिए ।

त्यहि घटनालाई लिएर प्रहरीको भूमिकामा प्रश्न उठाएपछि डिआईजी खनालले सहजीकरण गर्ने गरी छलफल ढाकेका हुन् । यो छलफल आयोजना गर्न मोरङ प्रहरीको पनि भूमिका रहेको बुझिएको छ । मोरङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक कबित कटुबाल अहिलेसम्म कम विवादित मानिदै आएका छन् । पछिल्लो समय सुनसरीको देवानगञ्जबाट भड्किएको हिंसाको बाछिटा विराटनगरमा समेत पर्ने देखिएको थियो । यद्यपी स्थानीय प्रशासनले यसलाई सकारात्मक पहल कदमी लिएर चुनौती चिरेको थियो । यसलाई शान्त बनाउनेमा समेत प्रहरीको विशेष भूमिका थियो ।

तर, ‘विशेष सूचना’ प्राप्त गरेको बताउँदै ठूलो संख्या लिएर उद्योगी मुन्दडाको घरमा छापा मारेपछि प्रहरीको भूमिकामा सामान्य प्रश्न उठेपनि यसैलाई लिएर आलोचना गरिरहनु नपर्ने पनि कतिपयको बुझाई छ । स्थानीय प्रशासनले सद्भाव ¥याली आयोजना गर्दा समेत मुन्दडा परिवारको भूमिका केहि न केहि नकारात्मक रहेको कतिपयले बताएका छन् । सद्भाव ¥यालीमा समेत सामेल नहुन भन्दै फोन गरेको भनेर समेत अहिले गाँईगुँई चर्चा सुरु भएको छ । त्यस बाहेक फेसबुक पेजमा समेत ¥यालीलाई अञ्चाधिशले आयोजना गरेको जस्तो भयो भनेर लेखिएको भन्दै कतिपयले अड्कल काटिरहेका छन् । तर, यी सबै कुरा आइरहेपनि मोरङ प्रहरीले छापा मार्नुको कारण अर्कै भएको दावी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्