देवानगञ्ज गोलीकाण्डमा मृत्यु हुनेको संख्या तीन पुग्यो

<span class='c1'>देवानगञ्ज गोलीकाण्डमा मृत्यु हुनेको</span> <span class='c2'>संख्या तीन पुग्यो</span>

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।

प्रहरीका अनुसार देवानगञ्ज–३ का २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले रवीन्द्रको मृत्यु भएको जानकारी प्राप्त भएको बताएका छन्।

साउन १० गते भएको झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर १० जना गम्भीर घाइते भएका थिए। घटनाकै दिन देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो।

सरकारसँग भएको सातबुँदे सहमतिपछि ओमप्रकाश र जयप्रकाशको शव घटनास्थल नजिकै शुक्रबार अन्त्येष्टि गरिएको थियो। यसै घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरी गोली लागेर गणेश यादवको पनि मृत्यु भएको थियो।

देवानगञ्ज घटनापछि सरकारले छानबिन समिति गठन गरेको छ भने घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्