विराटनगर। ग्रेस इभेन्ट्सको आयोजनामा सम्पन्न ‘मिस्टर एन्ड मिस ग्रेस टिन विराटनगर २०२६ – सिजन ४’ को मुख्य उपाधि श्रेया दाहाल र रेहान अलीले जित्न सफल भएका छन्। होटल मानस्लु इनमा आयोजित भव्य समारोहका बीच दाहाल ‘मिस ग्रेस टिन’ र अली ‘मिस्टर ग्रेस टिन’ घोषित भएका हुन्। विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीको प्रमुख आतिथ्यता तथा ग्रेस इभेन्ट्सका संस्थापक एवम् प्रमुख कार्यकारी अधिकृत सुरज थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक सांगीतिक एवम् सांस्कृतिक प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
प्रतियोगिताका उप-उपाधि तथा विधागत विजेताहरू
प्रतियोगितामा साक्षी सहानी र अमन सिंहले फर्स्ट रनरअपको उपाधि हासिल गरे। वर्षा चौधरी र सुदीप यादव सेकेन्ड रनरअप घोषित भए।
ग्रेस इभेन्ट्सको ब्रान्ड एम्बेसडर उपाधि वर्षा चौधरीले जितिन्। आयोजकको रोजाइमा पर्दै रानी शाहले अर्गनाइजर च्वाइसको उपाधि प्राप्त गरिन्।
दर्शकहरूको सर्वाधिक रोजाइमा पर्दै श्रेया दाहाल र अमन सिंहले भ्युअर्स च्वाइसको उपाधि जिते। सर्वाधिक भोट प्राप्त गरी वर्षा चौधरी र सुदीप यादव भोटिङ स्टार बने। उत्कृष्ट व्यक्तित्व प्रस्तुत गर्दै श्रेया दाहाल र रेहान अलीले बेस्ट पर्सनालिटीको उपाधि हात पारे। प्रीति सहानी मिस क्युपिड फोटोजेनिक र रेहान अली मिस्टर क्युपिड फोटोजेनिक घोषित भए। आफ्नो बहुमुखी प्रतिभा देखाउँदै साक्षी सहानीले मोस्ट ट्यालेन्टको उपाधि जितिन्। उत्कृष्ट आत्मविश्वासका साथ प्रस्तुत भएका साक्षी सहानी र सुदीप यादवले मोस्ट कन्फिडेन्टको उपाधि प्राप्त गरे। मनमोहक मुस्कानका लागि वर्षा चौधरीले बेस्ट स्माइलको उपाधि हात पारिन्। प्रभावशाली प्रस्तुतिको आधारमा वर्षा चौधरी बेस्ट इन्फ्लुएन्सर भईन्। र्याम्पमा सर्वोत्कृष्ट क्याटवाक गर्दै प्रीति सहानीले बेस्ट रनवे वाकको उपाधि जितिन्। अनुशासित व्यवहार प्रदर्शन गर्दै ऋषिका राजबंशी र अमन सिंह मोस्ट डिसिप्लिन्ड घोषित भए। प्रतियोगिता अवधिभर सक्रिय सहभागिता जनाउँदै रानी शाहले मोस्ट एक्टिभको उपाधि प्राप्त गरिन्।लगनशीलता देखाउँदै प्राची परियारले मोस्ट डेडिकेटेडको उपाधि जितिन्। आकर्षक शैली र छाप छोड्न सफल अनुश्का राईले मिस डिभाको उपाधि हासिल गरिन्।


निर्णायक एवम् व्यवस्थापन टोली
प्रतियोगिताको निर्णायक मण्डलमा चर्चित फेसन कोरियोग्राफर अर्शु महर्जन, सामाजिक अभियन्ता सागर प्रधान, ‘मिस ग्रेस पूर्वाञ्चल’की फर्स्ट रनरअप प्रतिमा राई, मोडल मोहित विक्रम शाह र फेसन डिजाइनर समीक्षा लामिछाने रहेका थिए। कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन फेसन कोरियोग्राफर कोपिला दास, संस्थाका कोषाध्यक्ष एवम् फोटोग्राफर बिन्द्रा प्रजापति, स्वयंसेवकहरू प्रतिक्ष्या लुइटेल, रमन भगत, प्रतिक्ष्या भण्डारी तथा उद्घोषक चेतन सिंह बस्नेतले विशेष भूमिका निर्वाह गरेका थिए। समारोहको समापन गर्दै ग्रेस इभेन्ट्सले सम्पूर्ण सहभागी, अभिभावक, प्रायोजक, मिडियाकर्मी एवम् सहयोगी संघ-संस्थाहरूप्रति हार्दिक आभार प्रकट गरेको छ। युवापुस्ताको प्रतिभा, आत्मविश्वास र समर्पणलाई प्रवर्द्धन गर्दै यस प्रतियोगिताले सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको आयोजकले जनाएको छ।