विराटनगर । लागूऔषध दुव्र्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विराटनगरमा बिहीबार बिहान सचेतनामूलक प्रभातफेरी ¥याली निकालिएको छ ।
लायन्स क्लब अफ विराटनगर र जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्य मन्त्री मान बहादुर लिम्बु प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

विराटनगर महानगरपालिका–२ बाट बिहान ७ः २५ बजे सुरु भएको प्रभातफेरीमा लागूऔषधमुक्त समाज निर्माणको सन्देश लेखिएका प्लेकार्ड बोकेर सहभागीहरूले बजार परिक्रमा गरेका थिए।
कार्यक्रममा लायन्स क्लब अफ विराटनगरका अध्यक्ष चाँद बाबु इराकी, स्थानीय तहका जनप्रतिनिधि, नेपाल प्रहरी, विभिन्न सरोकारवाला संघ–संस्था, पुनस्र्थापना केन्द्रका प्रतिनिधि, नरसिंह कलेजका विद्यार्थी, सञ्चारकर्मी लगायत करिब १५) जनाको सहभागिता रहेको थियो।
सहभागीहरूले लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको भन्दै समुदायस्तरबाट सचेतना फैलाउन यस्ता अभियान प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।