भेडेटारबाट ६४७ किलो गाँजासहित दुई जना पक्राउ

<span class='c1'>भेडेटारबाट ६४७ किलो गाँजासहित</span> <span class='c2'>दुई जना पक्राउ</span>

धनकुटा। धनकुटाको भेडेटारबाट ६४७ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी लोकमार्गमा पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित भेडेटार चोकबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–३, घर भएका करिब २७ वर्षीय उमेश थिङ र सहचालक सहिदभूमी गाउँपालिका–१, बस्ने ३६ वर्षीय तुलराम राई रहेका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरी प्रवक्त डिएसपी क्षेत्रीका अनुसार धनकुटाबाट विराटनगरतर्फ जाँदै गरेको ना ३ ख ५०९५ नम्बरको ट्रकमा चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको बताउनुभयो । चेकजाँचका क्रममा ट्रक भित्र कालो प्लाष्टिकमा प्याक गरी राखिएको ४८ पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय धनकुटाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्