फोनिजको स्थापना दिवसमा सामाजिक सेवा : कृष्ण देवान स्मृति पुरस्कार वितरण, २५० जनाको निःशुल्क आँखा परीक्षण

<span class='c1'>फोनिजको स्थापना दिवसमा सामाजिक सेवा : कृष्ण देवान</span> <span class='c2'>स्मृति पुरस्कार वितरण, २५० जनाको निःशुल्क आँखा परीक्षण</span>

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७औँ स्थापना दिवसका अवसरमा शनिबार मोरङको पथरीशनिश्चरेमा पत्रकार पुरस्कार वितरणसँगै निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ। पथरीशनिश्चरे–९, रिगुवास्थित सिंहबहिनी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा फोनिज प्रदेश लेखा समिति संयोजक प्रेम देवानका स्वर्गीय बुवा कृष्ण देवानको स्मृतिमा स्थापना गरिएको कृष्ण देवान स्मृति पुरस्कार पत्रकार भक्त शेर लिम्बुलाई प्रदान गरिएको हो।

फोनिजका प्रदेश संस्थापक इन्चार्ज तथा मोरङका पूर्वअध्यक्ष लिम्बुलाई नगद ८ हजार रुपैयाँसहित कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो। पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापो र पुरस्कारका संरक्षक प्रेम देवानले लिम्बुलाई पुरस्कार प्रदान गरेका थिए।

स्थापना दिवसकै अवसरमा आयोजित निःशुल्क आँखा जाँच शिविरमा २५० जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षणका क्रममा २५ जनामा मोतियाबिन्दुको समस्या देखिएको आयोजकले जनाएको छ। मोतियाबिन्दु देखिएका बिरामीको विराट रानी आँखा अस्पतालमा थप उपचार गरिनेछ।

आँखा परीक्षणपछि बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो। विराटनगरस्थित विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोग तथा शिवम मेडिकोको समन्वयमा शिविर सञ्चालन गरिएको हो। कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापोले राज्यले गर्नुपर्ने स्वास्थ्यसम्बन्धी काम सञ्चार क्षेत्रमा क्रियाशील संस्थाले सामाजिक उत्तरदायित्वका रूपमा गर्नु प्रशंसनीय भएको बताए। पत्रकारिता क्षेत्रले सूचना प्रवाहसँगै सामाजिक सेवाका क्षेत्रमा पनि भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।
फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठले संस्थाको स्थापना दिवसलाई सामाजिक सेवामार्फत मनाइएको बताए। उनले स्थापना दिवसलाई समुदायसँग जोड्ने उद्देश्यले निःशुल्क आँखा शिविर आयोजना गरिएको बताए।

सोही अवसरमा कार्यक्रमलाई सहयोग गर्ने शिवम मेडिकोका सञ्चालक देशबन्धु ढकाल तथा प्राविधिक सहयोग गर्ने विराट रानी आँखा अस्पताललाई सम्मान गरिएको थियो। कार्यक्रममा फोनिज प्रदेशका उपाध्यक्ष अर्जुन राई, प्रदेशका संस्थापक इन्चार्ज भक्त शेर लिम्बु, नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल, नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवती निरौला तथा सिंहबहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक उमेश खड्कालगायतले शुभकामना मन्तव्य दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्