विराट स्र्पोट् जोनले विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता गर्दै

<span class='c1'>विराट स्र्पोट् जोनले विराटनगरमा पहिलोपटक</span> <span class='c2'>अन्तरविद्यालय क्रीकशल प्रतियोगिता गर्दै</span>

विराटनगर । विराटनगर ३ मा रहेको विराट स्पोट्र्स जोनले भोली साउन २७ गतेबाट विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने भएको छ । स्थापनाको पहिलो वर्षमै खेलकुद क्षेत्रमा उल्लेखनीय सक्रियता देखाउदै आएको स्पोट्र्स जोनले विराटनगरमा पहिलोपटक अन्तरविद्यालय क्रीकशल प्रतियोगिता आयोजना गर्ने जनाएको हो ।

स्पोट्र्स जोनले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरि विद्यालयस्तरका प्रतिभाशाली खेलाडीको पहिचान र विकास गर्ने उद्देश्यले ३२ वटा विद्यालयको सहभागिता रहने जनाएको छ । यस प्रतियोगिताको विशेष आकर्षणका रूपमा पहिलोपटक ‘फेयर प्ले अवार्ड’ ट्रफी प्रदान गरिने भएको विराटनगर स्र्पोट् जोनका अध्यक्ष हरि बजगाईले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

प्रतियोगिताको बेस्ट प्लेयरलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा तीन महिनाको शतप्रतिशत छात्रवृत्ति र रु १ हजार बराबरको भौचर प्रदान गरिने छ। त्यस्तै, बेस्ट ब्याट्सम्यानलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा एक महिनाको शतप्रतिशत छात्रवृत्र् िएक हजार बराबरको भौचर तथा बेस्ट बलरलाई ट्रफीसहित क्रिकेट एकेडेमीमा एक महिनाको शतप्रतिशत छात्रवृत्र् िर एक हजार बराबरको भौचर प्रदान गरिने तथा सो कार्यक्रमका सहभागीलाई खाजाको समेत व्यवस्था गरिएको सस्थाका प्रोजेक्ट म्यानेजर राज ढकालले जानकारी दिनुभयो

त्यसैगरी, प्रत्येक खेलको ‘म्यान अफ दि म्याच’ घोषित खेलाडीलाई मेडलसहित क्रिकेट एकेडेमीको भर्ना शुल्कमा ५० प्रतिशत छुट र रु। ५०० बराबरको भौचर प्रदान गरिने छ। प्रतियोगिताबाट उत्कृष्ट सम्भावना देखाउने उदयमान खेलाडीलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्