मोरङमा एलपी ग्यास उद्योग तथा पसलमा अनुगमन, दुई लाख ५५ हजार जरिवाना

<span class='c1'>मोरङमा एलपी ग्यास उद्योग तथा पसलमा</span> <span class='c2'>अनुगमन, दुई लाख ५५ हजार जरिवाना</span>

विराटनगर । मोरङमा एलपी ग्यासको वितरण व्यवस्थापन तथा उपभोक्ता हित संरक्षणका लागि गरिएको बजार अनुगमनका क्रममा दुईवटा व्यवसाय तथा उद्योगलाई कारबाही गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको संयुक्त अनुगमन टोलीले विराटनगर र बुढीगंगाका ग्यास व्यवसाय तथा उद्योगमा अनुगमन गरेको हो। अनुगमनका क्रममा विराटनगर महानगरपालिका–३ स्थित कञ्चनेश्वर ग्यास पसलले जाँचबुझ तथा निरीक्षणको कार्यमा सहयोग नगरेपछि १५ हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, बुढीगंगा गाउँपालिका–५ स्थित रियालको भान्सा ग्यास उद्योग प्रा.लि. मा गरिएको अनुगमनका क्रममा उद्योग सञ्चालनमा समस्या देखिएको प्रशासनले जनाएको छ। अनुगमनका क्रममा उद्योग परिसरमा रहेका १९ वटा रिफिल गरिएका सिलिन्डरमध्ये एउटाको तौल २४० ग्राम कम पाइएको थियो।

त्यसैगरी, म्याद गुज्रिएका दुईवटा सिलिन्डरमा ग्यास रिफिल गरी सिलसमेत लगाएर बिक्रीका लागि तयारी अवस्थामा राखिएको भेटिएको प्रशासनको जनाएको छ । उक्त उद्योगलाई दुई लाख ४० हजार रुपैयाँ जरिवाना गर्नुका साथै ती दुईवटा सिलिन्डरको सिल तोडी नष्ट गर्न लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले एलपी ग्यासको सहज र व्यवस्थित वितरण तथा उपभोक्ताको हित संरक्षणका लागि बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। मोरङ प्रशासनले ग्यास उद्योग तथा विक्रेताहरूलाई मापदण्डअनुसार ग्यासको तौल, सिलिन्डरको म्याद र बिक्री वितरणसम्बन्धी व्यवस्थाको पालना गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्