इन्टर स्कुल सुपर ८’ को सेमिफाइनल समीकरण पूरा, उत्कृष्ट एक टोलीले ‘फेयर प्ले अवार्ड’ पाउने

<span class='c1'>इन्टर स्कुल सुपर ८’ को सेमिफाइनल समीकरण पूरा,</span> <span class='c2'>उत्कृष्ट एक टोलीले ‘फेयर प्ले अवार्ड’ पाउने</span>

विराट स्पोर्ट्स जोनको आयोजनामा जारी 'इन्टर स्कुल सुपर ८ क्रिसाल टूर्नामेन्ट' रोमान्चक मोडमा पुगेको छ। प्रतियोगितामा सहभागी कुल ३२ उत्कृष्ट विद्यालयका टोलीहरूमध्ये २८ टोलीलाई पछि पार्दै चार टोलीहरू सेमिफाइनलमा प्रवेश गर्न सफल भएका छन्।
मैदानमा उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि नजिक पुग्ने चार टोलीहरूमा बाल कल्याण विद्या मन्दिर, ग्रिनल्याण्ड सेकेन्डरी स्कुल, राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुल र कोशी विद्या मन्दिर रहेका छन्।'

फेयर प्ले अवार्ड' को मुख्य आकर्षण:-
यस प्रतियोगितामा केवल उपाधि जित्नु मात्र ठुलो कुरा नभई खेल भावना (स्पोर्ट्सम्यानसिप) लाई पनि उच्च प्राथमिकता दिइएको छ। प्रतियोगितामा सहभागी कुल ३२ वटै टोलीहरूमध्ये मैदान भित्र र बाहिर सबैभन्दा अनुशासित, मर्यादित र उत्कृष्ट खेल भावना प्रदर्शन गर्ने कुनै एक टोलीलाई विशेष 'फेयर प्ले अवार्ड' बाट सम्मानित गरिने आयोजकले जनाएको छ।

यस अवार्डले गर्दा पराजित भइसकेका टोलीहरूको पनि उत्साह कायम रहने र खेलाडीहरूमा अनुशासनको भावना विकास हुने विश्वास गरिएको छ।सेमिफाइनल र फाइनल खेलको तालिका:खेलहरू यही ३१ श्रावण २०८३ मा संचालन हुने तालिका रहेको छ:पहिलो सेमिफाइनल : बाल कल्याण विद्या मन्दिर विरुद्ध ग्रिनल्याण्ड सेकेन्डरी स्कुल (बिहान ११:०० बजे)

दोस्रो सेमिफाइनल: राइजिङ नेपाल इङ्लिस बोर्डिङ स्कुल विरुद्ध कोशी विद्या मन्दिर (दिउँसो १२:०० बजे)फाइनल खेल: पहिलो र दोस्रो सेमिफाइनलका विजेताहरूबीच सोही दिन दिउँसो २:०० बजे उपाधिका लागि भिडन्त हुनेछ।३२ टोलीमध्ये केवल १ टोली मात्र च्याम्पियन बन्ने र एक टोलीले प्रतिष्ठित फेयर प्ले ट्रफी हात पार्ने यस प्रतियोगितामा अब कुन-कुन विद्यालयले बाजी मार्नेछन् भन्ने कुरा निकै चासोको विषय बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्