कोशी सरकारमा नेकपाबाट जीवन आचार्यसहित चारमन्त्री र एक राज्यमन्त्री

<span class='c1'>कोशी सरकारमा नेकपाबाट जीवन आचार्यसहित</span> <span class='c2'>चारमन्त्री र एक राज्यमन्त्री</span>

विराटनगर । कोशी प्रदेश सरकार पुनर्गठन हुँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट चारजना मन्त्री र एकजना राज्यमन्त्री सहभागी हुने भएका छन् । एमाले र कांग्रेस गठबन्धन टुटेपछि नेकपा सरकारमा जाने भएको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सरकारमा सहभागी हुनका लागि चारजना मन्त्री र एकजना राज्यमन्त्रीको नाम टुङ्गो लगाएको छ ।

सरकारको नेतृत्व गर्दै मोरङका जीवन आचार्यले भौतिक पूर्वाधार, इलामकी खिनु लङ्वा लिम्बूलाई वन, पर्यटन तथा वातावरण, सोलुखुम्बुका गोम्बु शेर्पालाई आन्तरिक मामिला तथा कानुन र मोरङकै गीता तिम्सिनालाई सामाजिक विकासमन्त्री बनाउन प्रस्ताव गरिएको छ । यसैगरी सुनसरीकी सपना परियारलाई राज्यमन्त्री बनाउने निर्णय गरिएको बुझिएको छ ।

आचार्य मोरङमा विराटनगर समेत जोडिएको क्षेत्र नम्बर ६ (1) बाट निर्वाचित प्रदेश सांसद हुन् । नवनियुक्त मन्त्रीहरूको सोमबार अपराह्न शपथ हुने तयारी छ।
नेकपा कोशीका इन्चार्ज तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई, संसदीय दलका नेता ईन्द्र आङ्बो र प्रदेश अध्यक्ष हर्क नेम्वाङलाई मन्त्री छनोटको जिम्मेवारी दिइएको थियो। यी तीन नेताबीच सोमबार बिहान छलफल भएपछि नाम टुंगो लगाइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्