कोशी प्रदेश सरकारमा नेकपा सहभागी, चार मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

<span class='c1'>कोशी प्रदेश सरकारमा नेकपा सहभागी, चार</span> <span class='c2'>मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ</span>

विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने गरी भएको तीनबुँदे सहमतिपछि कोशी प्रदेश सरकारले पूर्णता पाएको छ। सहमतिअनुसार नेपाली कम्युनिष्ट पार्टी औपचारिक रूपमा सरकारमा सहभागी भएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो।

नेकपाले चारवटा महत्वपूर्ण मन्त्रालयसहित पाँच जनालाई सरकारमा पठाएको छ। सरकारमा सहभागी पाँच जनामध्ये तीन जना महिला छन्। नेकपाबाट गोम्बु शेर्पाले आन्तरिक मामिला तथा कानून, गीता तिसिनाले सामाजिक विकास, खिनु लङ्वा लिम्बूले पर्यटन, वन तथा वातावरण र जीवन आचार्यले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै, सपना दर्जीलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। यससँगै कोशी प्रदेश सरकारमा महिला सहभागिता उल्लेख्य बनेको छ।

सरकार विस्तारसँगै नेकपा एमालेबाट यसअघि मन्त्री रहेका केही सदस्यको जिम्मेवारीसमेत हेरफेर गरिएको छ। यसअघि आन्तरिक मामिला तथा कानून मन्त्री रहेका इन्द्रमणि पराजुलीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने सामाजिक विकास मन्त्री रामप्रसाद मेहतालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा सरुवा गरिएको छ।

त्यस्तै, उमाकान्त गौतमलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप तथा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलचन पाठकको जिम्मेवारी भने यथावत् राखिएको छ।

नवनियुक्त मन्त्रीहरूलाई सोमबार प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका छन्। सोही अवसरमा राज्यमन्त्री सपना दर्जीलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शपथ गराएका थिए।

नेकपा सरकारमा सहभागी भएसँगै नयाँ सत्ता समीकरणअनुसार कोशी प्रदेश मन्त्रिपरिषद्ले पूर्णता पाएको हो। समावेशी प्रतिनिधित्वसहित गठन भएको नयाँ मन्त्रिपरिषद्ले प्रदेश सरकारको कामकारबाहीलाई थप प्रभावकारी र गतिशील बनाउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्