नर्सिङ शिक्षालाई प्रविधिमैत्री बनाउँदै विराटनगरका युवाको ‘Nurvexa’

<span class='c1'>नर्सिङ शिक्षालाई प्रविधिमैत्री बनाउँदै</span> <span class='c2'>विराटनगरका युवाको ‘Nurvexa’</span>

विराटनगर । नेपालमा नर्सिङ अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै नेपाली युवाहरूको टोलीले एआई प्रविधिमा आधारित एडटेक प्लेटफर्म ‘Nurvexa’ निर्माण गरेको छ। BuddhimanAi नामक कम्पनीले विकास गरेको NurvexaLabs ले नर्सिङ विद्यार्थीको सिकाइ, अभ्यास तथा परीक्षा तयारीलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ।

विराटनगरका बिज्ञान घिमिरेको नेतृत्वमा सुशान्त थापा, सुशन अधिकारी र एलिस बरालको टोलीले NurvexaLabs अघि बढाएको हो। नेपालमै विकास गरिएको यो प्लेटफर्म विशेषगरी नर्सिङ विद्यार्थीका लागि आवश्यक अध्ययन सामग्रीलाई एउटै डिजिटल प्लेटफर्ममा उपलब्ध गराउने उद्देश्यले तयार गरिएको कम्पनीले जनाएको छ।

Nurvexa मार्फत विद्यार्थीले संरचित अध्ययन सामग्री, क्विज, मोक टेस्ट तथा एआईमा आधारित सहयोग प्राप्त गर्न सक्नेछन्। यसले विद्यार्थीलाई आफूले नबुझेका विषयमा थप जानकारी लिन, नियमित अभ्यास गर्न र परीक्षाका लागि आफ्नो तयारीको स्तर मूल्यांकन गर्न सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

परम्परागत अध्ययन प्रणालीसँगै एआई प्रविधिको प्रयोग बढिरहेको अवस्थामा नर्सिङ शिक्षामा पनि प्रविधिको प्रभावकारी प्रयोग गर्ने प्रयासका रूपमा Nurvexa लाई अघि सारिएको हो। विद्यार्थीको आवश्यकताअनुसार अध्ययनलाई व्यक्तिगत र अन्तरक्रियात्मक बनाउने दिशामा प्लेटफर्म केन्द्रित रहेको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार भविष्यमा Nurvexa लाई थप विस्तार गर्दै नर्सिङ विद्यार्थीको अध्ययनदेखि परीक्षा तयारीसम्मको डिजिटल सहायकका रूपमा विकास गर्ने योजना रहेको छ। यसले नेपालमा बढ्दो एडटेक क्षेत्रसँगै स्वास्थ्य शिक्षा र एआई प्रविधिबीचको सम्भावित सहकार्यलाई समेत नयाँ दिशा दिन सक्ने अपेक्षा गरिएको छ।

BuddhimanAi ले विकास गरेको NurvexaLabs को आधिकारिक वेबसाइट NurvexaLabs.com हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्