हिन्दु –मुस्लिम समुदायद्वारा संयुक्त विराटनगर ८ मा वृक्षारोपण , विभिन्न प्रजातीका विरुवा रोपिए

<span class='c1'>हिन्दु –मुस्लिम समुदायद्वारा संयुक्त विराटनगर ८ मा</span> <span class='c2'>वृक्षारोपण , विभिन्न प्रजातीका विरुवा रोपिए</span>

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ८ स्थित अशोक चोक पूर्व सडक छेउमा हिन्दु र मुस्लिम समुदायका अगुवा तथा युवाहरूले संयुक्त रूपमा वृक्षारोपण गरेका छन् । केही समयअघि सोहि वडाको वलुवाइ भन्ने स्थानमा एउटा पिपलको रुख काटिएपछि सुरु भएको विरोध र विवादलाई सकारात्मक सन्देश दिँदै दुवै समुदायका व्यक्तिहरूले वृक्षारोपण गरेका हुन् ।
विराटनगर वडा नं ८ को संयोजनमा आयोजित उक्त कार्यक्रममा विभिन्न प्रजातीका १५ वटा विरुवाहरु रोपिएका छन् ।
वातावरणीय सन्तुलन र धार्मिक आस्थासँग जोडिएको पिपलको रुख काटिएपछि स्थानीय अभियन्ताहरूले त्यसको विरोध गर्दै आएका थिए । सोही स्थानमा नयाँ विरुवा रोपेर प्रकृति संरक्षणको अभियानलाई अगाडि बढाइएको हो ।

वृक्षारोपण कार्यक्रममा बोल्दै वडा अध्यक्ष राम पोख्रेलले पिपलको रुख वरीपरी खाली स्थानमा अब वडा कार्यालयले खुल्ला व्यायामशाला निर्माण गर्ने जानकारी दिए । उनले विकास र वातावरणलाई सँगसँगै लैजाने योजना रहेको बताए ।


कार्यक्रममा सहभागी विराटनगरका अगुवा वासिम आलमले रुख–विरुवाको कुनै जात वा धर्म नहुने उल्लेख गर्दै यसबाट हुने फाइदा सबैलाई समान हुने बताए । ‘रुखले अक्सिजन दिँदा जात हेर्दैन, त्यसैले रुख रोप्दा सबैलाई फाइदा पुग्छ,’आलमले भने, ‘तर विरुवा रोप्नु मात्र ठूलो कुरा होइन, यसलाई हुर्काउन र संरक्षण गर्न पनि हामी सबै उत्तिकै जिम्मेवार हुनुपर्छ ।

धार्मिक र सामाजिक सद्भाव झल्किने गरी गरिएको यस वृक्षारोपण कार्यक्रममा स्थानीय युवा, सामाजिक अभियन्ता र बुद्धिजीवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्