सिलिगुडीमा ‘यंग अन्टरप्रेनर्स समिट २०२६’ हुँदै, विराटनगरबाट पनि युवा उद्यमी सहभागी

<span class='c1'>सिलिगुडीमा ‘यंग अन्टरप्रेनर्स समिट २०२६’ हुँदै,</span> <span class='c2'>विराटनगरबाट पनि युवा उद्यमी सहभागी</span>

विराटनगर भाद्र ५ , 

युवा उद्यमीहरूको सञ्जाल विस्तार तथा सीमापार व्यापार सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ भारतको सिलिगुडीमा दुई दिने ‘यंग अन्टरप्रेनर्स समिट २०२६’आयोजना हुने भएको छ। यौङ इन्डियनस्' सिलिगुडी र नेपाली युवा उद्यमी मंचको आयोजनामा आगामी अगस्ट २२ र २३, २०२६ मा सिलिगुडीस्थित कोर्टयार्ड बाइ म्यारियट होटेलमा उक्त सम्मेलन सञ्चालन हुनेछ।

'One Stage, EXTRAORDINARY LEADERS' भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल तथा भारतका उद्योगी, लगानीकर्ता र युवा उद्यमीहरूको बाक्लो उपस्थिति रहने आयोजकले जनाएको छ।

कार्यक्रममा व्यवसाय, नेतृत्व र नवप्रवर्तनका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्तित्वहरूले मुख्य वक्ताका रूपमा सम्बोधन गर्नेछन्। सम्मेलनका प्रमुख वक्ताहरूमा नेपालको प्रतिष्ठित औद्योगिक घराना सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरी, 'प्रोफिट्स फर्स्ट'का संस्थापक तथा सीएफए सञ्जय कथूरिया, प्रसिद्ध भारतीय गैर-आख्यान लेखक एवं उद्यमी रश्मी बन्सल र युनुस रहेका छन्।

भारतीय उद्योग परिसंघ तथा नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको सयुक्त सहकार्य रहेको यस समिटले दुई देशबीचको व्यवसायिक साझेदारी, स्टार्टअप इकोसिस्टम र नयाँ लगानीका अवसरहरूबारे विस्तृत छलफल गर्ने बताइएको छ। नेपालबाट करिब ४० जना सहभागी हुने  नेपाल युवा उद्यमी मञ्च विराटनगरका अध्यक्ष रोमन कट्टेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्