विराटनगर भाद्र ५ ,
नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली विराटनगर किंग्सले ‘विराटनगर किंग्स कर्पोरेट कार्निभल’ अन्तर्गत २ दिने इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ।
विराटनगरस्थित ‘विराट स्पोर्ट जोन’ मा आयोजना हुने यस प्रतियोगितामा केवल ८ वटा कर्पोरेट टोलीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। आयोजकका अनुसार प्रतियोगितामा कोशी प्रदेशभित्रका कर्पोरेट टिमहरूले मात्र भाग लिन पाउने व्यवस्था गरिएको छ।
प्रतियोगिताको विजेता टोलीलाई विराटनगर किंग्सको खेल प्रत्यक्ष हेर्नका लागि सम्पूर्ण खर्चसहितको भ्रमण प्याकेज पुरस्कार प्रदान गरिनेछ।