फिबा एसिया प्रिक्वालिफायर्सका लागि नेपाली बास्केटबल टोली युएई प्रस्थान गर्दै

<span class='c1'>फिबा एसिया प्रिक्वालिफायर्सका लागि नेपाली</span> <span class='c2'>बास्केटबल टोली युएई प्रस्थान गर्दै</span>

विराटनगर । युएईमा आयोजना हुने फिबा एसिया प्रिक्वालिफायर्स प्रतियोगितामा सहभागी हुन जाने नेपाली राष्ट्रिय पुरुष बास्केटबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सफलताको शुभकामनासहित बिदाइ गरेको छ। राखेप सदस्य–सचिव रामचरित्र मेहताले एक विशेष कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गर्दै प्रतियोगिताका लागि शुभकामना दिनुभएको हो।

फिबा एसिया प्रिक्वालिफायर्स प्रतियोगिता आगामी अगस्ट २४ देखि २९ तारिख (भदौ ८ देखि १३ गते) सम्म युएईमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ।

सदिश प्रधानको कप्तानीमा १२ सदस्यीय नेपाली टोली घोषणा गरिएको छ। टोलीको उपकप्तानमा विनोद महर्जन रहनुभएको छ। टोलीमा श्रेयसबहादुर शाह, असिम श्रेष्ठ, सौरभ श्रेष्ठ, निश्चल महर्जन, सुदिप पौडेल क्षेत्री, अजय कुश्वाह, कमल थापा, पेम्बा शेर्पा, सिमोन गुरुङ र प्रणयमान श्रेष्ठ रहेका छन्।

नेपाली टोलीको प्रमुख प्रशिक्षकमा सुशिल गुरुङ तथा सहायक प्रशिक्षकमा आशिष न्यौपाने रहनुभएको छ। टिम व्यवस्थापकको जिम्मेवारी नरेन्द्र थापाले सम्हाल्नुहुनेछ। त्यस्तै, अफिसियलहरूमा भीमसिंह गुरुङ, राजेन श्रेष्ठ र सरोजा कोइराला श्रेष्ठ रहेका छन्। टोलीसँगै फिजियोमा अभिप्सासिंह कोइराला, मेडिकल अफिसरमा डा. रुपेश केसी तथा मिडिया अफिसरका रूपमा सिद्धार्थ खड्का पनि युएई प्रस्थान गर्नुहुनेछ।

प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान थप बलियो बनाउने लक्ष्य लिएको छ। राखेपले टोलीलाई सफलताको शुभकामना दिँदै उच्च मनोबलका साथ प्रतियोगितामा प्रस्तुत हुन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्