विराटनगरमा पनि गरिमा चौधरीको न्याय माग्दै दीप प्रज्वलन ( फोटो फिचर )

<span class='c1'>विराटनगरमा पनि गरिमा चौधरीको न्याय माग्दै</span> <span class='c2'>दीप प्रज्वलन ( फोटो फिचर )</span>

विराटनगर । बाराको सिमराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै विराटनगरमा दीप प्रज्वलन गरिएको छ ।

शनिबार साँझ विराटनगरको महेन्द्रचोकमा भेला भएका स्थानीय तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले गरिमाको न्यायको माग गर्दै दीप प्रज्वलन गरेका हुन् । उनीहरूले बालिकाको हत्या घटनाले समाजलाई गम्भीर बनाएको भन्दै दोषीलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताएका थिए ।

प्रदर्शनमा सहभागीहरूले हातमा विभिन्न प्लेकार्ड बोकेर ‘हत्यारालाई फाँसी दे’, ‘गरिमा चौधरीलाई न्याय दे’, ‘बलात्कारीलाई कडा कारबाही गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले बालबालिकामाथि हुने यौन हिंसा तथा जघन्य अपराध नियन्त्रणका लागि राज्यले प्रभावकारी कदम चाल्नुपर्ने मागसमेत गरेका छन् ।

दीप प्रज्वलनका क्रममा सहभागीहरूले गरिमाको सम्झनामा मौनधारण गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए । उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताएका छन् ।

वक्ताहरूले बालबालिकामाथि हुने हिंसा र अपराधका घटनामा दोषीले राजनीतिक, आर्थिक वा अन्य कुनै पनि प्रभावका आधारमा उन्मुक्ति पाउने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिए । यस्ता घटनाको न्यायिक प्रक्रियालाई प्रभावकारी र छिटो बनाउन सरकार तथा सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने उनीहरूको माग थियो ।

गरिमा चौधरीको न्यायका लागि गरिएको दीप प्रज्वलनमा सहभागीहरूले पीडित परिवारले न्याय नपाएसम्म आवाज उठाइरहने प्रतिबद्धतासमेत जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्