एमएम ग्रुप’द्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग

<span class='c1'>एमएम ग्रुप’द्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार</span> <span class='c2'>कोषमा १० लाख रुपैयाँ सहयोग</span>

विराटनगर भाद्र ११ ,

 रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहत कार्यका लागि एमएम ग्रुप ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

संस्थाले हालै जारी गरेको विज्ञप्तिमा बाढीका कारण ज्यान गुमाएका मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ। साथै, प्रभावित तथा अलपत्र परेका बासिन्दाहरू समक्ष तत्काल राहत र सहायता पुगोस् भन्ने शुभेच्छा पनि प्रकट गरिएको छ।

विपद्को यस कठिन घडीमा प्रभावित समुदाय, स्थानीय प्रशासन तथा उद्धारमा निरन्तर खटिएका सुरक्षाकर्मी र उद्धारकर्ताहरूसँग ऐक्यबद्धता जनाउँदै एमएम ग्रुपले यो सहयोग रकम हस्तान्तरण गरेको ग्रुपका निर्देशक शुयाश प्याकुरेलले  जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्