विराटनगरमा सार्वजनिक यातायातमा लागूऔषध र लैंगिक हिंसाविरुद्धका स्टिकर टाँस

<span class='c1'>विराटनगरमा सार्वजनिक यातायातमा लागूऔषध र</span> <span class='c2'>लैंगिक हिंसाविरुद्धका स्टिकर टाँस</span>

विराटनगर । समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत सामाजिक समस्याको न्यूनीकरण गर्ने उद्देश्यले विराटनगरमा सार्वजनिक यातायातका साधनमा लागूऔषध तथा लैंगिक हिंसाविरुद्धका सचेतनामूलक स्टिकर टाँस गरिएको छ। सुनौलो पूर्व नेपाल यातायात सेवा प्रा.लि. र जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय तथा सहकार्यमा विराटनगर महानगरपालिका–११ स्थित बसपार्कमा लामो तथा छोटो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायातका साधनमा स्टिकर टाँस गरिएको हो।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, नेपाल यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य राजन कडेललगायत यातायात व्यवसायी तथा सरोकारवालाको उपस्थिति थियो।
सार्वजनिक यातायातमा यात्रा गर्ने नागरिकलाई लागूऔषधको दुव्र्यसन तथा लैंगिक हिंसाविरुद्ध सचेत गराउने र यस्ता सामाजिक समस्याको न्यूनीकरणमा सहयोग पुर्‍याउने उद्देश्यले स्टिकर टाँस अभियान सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रममार्फत सार्वजनिक यातायात व्यवसायी, चालक, सहचालक तथा यात्रुलाई सामाजिक विकृति र हिंसाविरुद्ध सचेत रहन तथा आवश्यक सहयोग र समन्वय गर्नसमेत आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्