विराट नेवा पुचःको विराटनगरमा नेवा नृत्य तथा लाखे नाच तालिम सम्पन्न

<span class='c1'>विराट नेवा पुचःको विराटनगरमा नेवा नृत्य</span> <span class='c2'>तथा लाखे नाच तालिम सम्पन्न</span>

विराटनगर । नेवारी समुदायको मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले विराटनगरमा आयोजना गरिएको १० दिने नेवा नृत्य तथा लाखे नाच तालिम सम्पन्न भएको छ ।


विराट नेवा पुचःको आयोजना तथा विराटनगर महानगरपालिका–४ को सहयोगमा सञ्चालन गरिएको तालिममा नेवारी समुदायका युवा पुस्ताका ३५ जना प्रशिक्षार्थी सहभागी भएका थिए । तालिममा नेवा समुदायका परम्परागत नृत्य तथा लाखे नाचको कला, शैली, प्रस्तुति र सांस्कृतिक महत्वका विषयमा प्रशिक्षण दिइएको थियो ।

१० दिनसम्म सञ्चालन भएको तालिममा प्रशिक्षार्थीलाई पदमबहादुर श्रेष्ठले प्रशिक्षण दिएका थिए । तालिमको समापन कार्यक्रममा प्रशिक्षार्र्थीहरुलाई प्रमुख अतिथी विराटनगर महानगरपालिका–४ का वडा अध्यक्ष जितन थापाले प्रमाणपत्र वितरण गरेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथि थापाले पछिल्लो समय युवा पुस्तामा मौलिक संस्कृति र परम्पराप्रतिको रुचि बढ्दै गएको भन्दै यस्ता तालिमले नयाँ पुस्तालाई आफ्नो संस्कृति बुझ्न र संरक्षण गर्न सहयोग पुग्ने बताए ।

“हाम्रो मौलिक कला र संस्कृति पुस्तान्तरण हुन सकेन भने विस्तारै हराउँदै जान सक्छ । त्यसैले युवा पुस्तालाई नै सहभागी गराएर गरिने यस्ता कार्यक्रमलाई वडा कार्यालयले निरन्तर सहयोग गर्नेछ,” वडा अध्यक्ष थापाले भने ।

विराट नेवा पुचःका अध्यक्ष जयकुमार श्रेष्ठले नेवारी समुदायको मौलिक संस्कृति, नृत्य तथा लाखे नाचलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले तालिम आयोजना गरिएको बताए । उनले लाखे नाच केवल मनोरञ्जनका लागि गरिने नाच नभई नेवारी समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएको परम्परा भएको उल्लेख गरे ।
उनले विराटनगरमा नेवारी समुदायको सांस्कृतिक गतिविधिलाई थप व्यवस्थित गर्दै आगामी दिनमा पनि नृत्य, लाखे नाचलगायतका मौलिक कला संरक्षणका कार्यक्रम सञ्चालन गरिने बताए । समापन कार्यक्रममा प्रशिक्षक, प्रशिक्षार्थी, नेवा पुचःका पदाधिकारी तथा नेवारी समुदायका विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्